• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पोर्न स्टार हुदै अभिनेत्री बनेकी सन्नीले ३३ वसन्त पार गरिन्

    Sunny-Leone-is-33 -Years-old
    एजेन्सी 
    मुम्बई, २०७१ बैशाख, ३० मंगलवार । पोर्न स्टारहुदै बलिउड चलचित्र उद्योगमा सकृय रहेकी पोर्न स्टार तथा अभिनेत्री सन्नी लियोन ३३ वर्षकी भइन् । उनको वास्तविक नाम हो करनजीत कौर बोहरा, र उनको जन्म १३ मे १९८१मा क्यानडामा भएको थियो । अभिनेत्री सन्नी क्यानडियन तथा अमेरीकन अभिनेत्रीको रुपमा चिनिन्छ । सगै उनलाई एक मोडलको रुपमापनि चिनिने गरीएको छ । 
    बलिउड चलचित्र उद्योगमा भित्रिन भन्दा पहिला अभिनेत्री सन्नीलाई एक पोर्न स्टारको रुपमा मात्र चिनिन्थ्यो । सन् २०१०मा विश्वका धेरै म्यागेजिनहरुले संसारको टप १२ को लिस्टमा सामेल गरेको थियो । उनले सन् २०१२ मा पूजा भट्टको चलचित्र ‘जिस्म–२’ देखी बलिउड चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् । त्यस लगतै बिग बोसमापनि अभिनेत्री सन्नीलाई सामेल गरिएको थियो । त्यसपछि अभिनेत्री सन्नीले बलिउडमा लगातार ज्याकपोट, ‘रागिनी एमएमएस–२’मा अभिनय गरिसकेकी छिन् । उनको बलिउडमा ‘रागिनी एमएमएस–२’ सफल रर्‍यो ।
    अभिनेत्री सन्नी जति करियरमा सफल रहिन्, उतिनै मात्रामा सामाजिक सञ्जालहरुमा पनि लगानी रहिन् । उनलाई फेसबुक, ट्विटर, इंस्ट्राग्राममा खोजिनेको संख्या करोडौको रहेको छ । त्यस्तै उनले २ पटक नेपाल भ्रमण पनि गरिसकेकी छिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.