विरेनलाई छोएरै चिनिन् गरिमाले (भिडियो सहित)
विशाल चौतारी समाचार
काठमाडौं, १४ फागुन । पछिल्लो समय नेपली चलचित्र क्षेत्रमा निकै व्यास्त रहेका अभिनेत्री गरिमा पन्तले अभिनेता विरेन श्रेष्ठलाई छुदैमा चिनिन् । तर यो छुवाई चलचित्रको गीतमा रहेको छ । प्रसंग हो स्वगिर्य वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीले निर्देशन गरेर रिलिज हुन बाँकी रहेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को एक गीतको । चलचित्रको एक प्रेम भावले ओतप्रोत गीत ‘छुँदैमा चिनियो’ बोलको गीतमा गरिमा र बिरेनले आफ्नो मायाको भावहरु पोखेका छन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgtOCrI4kydopYK-GAHQkK5o4AQvkJoIj7TsYk4GWVYVfU7grQzv_oFAAiEkjo3aPusmezL5yyP3kvcv8MxLgeDc72ET75l58wVbhr5RbJe9Drw6LqIkZrioE5cb4ccHOU7BoOljqarXE/s1600/Biren-Shrestha-and-garima-panta+(1).jpg)
बसन्त सापकोटाको संगीत रहेको यो गीतका रचनाकार स्वगिर्ग निर्देशक रेग्मी नै हुन् । प्रस्तुत भिडियोका करियोग्राफर हिमग्याप टासी हुन् । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको यो चलचित्र नेपाली नयाँ बर्षको अवसर पार्दै चैत २८ गते प्रदर्शन हँदैछ ।
चलचित्रमा अभिनेता श्रेष्ठ र सुनिल सिटौलाको संयुक्त लगानी छ । ‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथाको पारिवारिक चलचित्र हो ।
मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको फिल्ममा विरेन र गरिमाको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको भूमिका छ । स्व.निर्देशक रेग्मी र मौनता श्रेष्ठको पटकथा एवम् संवाद रहेको चलचित्रमा हिमाल केसीको दन्द्ध निर्देशन छ । चलचित्रका छायाँकार शम्भू सापकोटा हुन् ।
काठमाडौं, १४ फागुन । पछिल्लो समय नेपली चलचित्र क्षेत्रमा निकै व्यास्त रहेका अभिनेत्री गरिमा पन्तले अभिनेता विरेन श्रेष्ठलाई छुदैमा चिनिन् । तर यो छुवाई चलचित्रको गीतमा रहेको छ । प्रसंग हो स्वगिर्य वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीले निर्देशन गरेर रिलिज हुन बाँकी रहेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को एक गीतको । चलचित्रको एक प्रेम भावले ओतप्रोत गीत ‘छुँदैमा चिनियो’ बोलको गीतमा गरिमा र बिरेनले आफ्नो मायाको भावहरु पोखेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgtOCrI4kydopYK-GAHQkK5o4AQvkJoIj7TsYk4GWVYVfU7grQzv_oFAAiEkjo3aPusmezL5yyP3kvcv8MxLgeDc72ET75l58wVbhr5RbJe9Drw6LqIkZrioE5cb4ccHOU7BoOljqarXE/s1600/Biren-Shrestha-and-garima-panta+(1).jpg)
बसन्त सापकोटाको संगीत रहेको यो गीतका रचनाकार स्वगिर्ग निर्देशक रेग्मी नै हुन् । प्रस्तुत भिडियोका करियोग्राफर हिमग्याप टासी हुन् । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको यो चलचित्र नेपाली नयाँ बर्षको अवसर पार्दै चैत २८ गते प्रदर्शन हँदैछ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjB5ElsVRuLADgpv-B8-WRyy90421yv_jtLnF5YFfG3X_BQOvQ2HhI_PBSihLURaK-RxB4mtb28b7FcbAKq5fDczo-BwfMva889Nq8nba8yT3klxfD-jsanL8tXAKwqyy2iuA3Nm2LCXk8/s1600/Biren-Shrestha-and-garima-panta+(3).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiB_g4Tahsh1liFWXTUeXrculaYzsd8-i6LvkY5ZNyp2ljHljuzst1SfFuOLHRXWl6FJF2t3_V9le4NaFQ3hlH2aig8KmUjfIZkuQQmkpYnSZe4mX_WmZWomcD7_dggOap_47MCs0pQqFw/s1600/Biren-Shrestha-and-garima-panta+(2).jpg)
0 comments
Write Down Your Responses