शिल्पाको अभिनय समुनाको स्वर
विशाल चौतारी समाचार
काठमाडौं, १४ फागुन । छविराज ओझाको पछिल्लो चलचित्र ‘लज्जा’को निर्माण सुरु भएयता देखी नै चर्चामा रहेकी अभिनेत्री तथा मोडल शिल्पा पोखरेलको पहिलो चलचित्रमा नै उनको स्वर दर्शकहरुले सुन्न नपाउने भएका छन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSK4EJMxL2_cHGMHxSISNTfV5MnlhOV1Pw5q5_3tcfCZjTvkCY8BgM3FnFS6CZ_0yXL5dNKzsE-_W8-4ltSlUA6vZcJPU0wo7EEcpx46meURVrvxdwsRWlHz7DZZvLyQVABtfFR7lx38k/s1600/shilpa-pokhrel-samuna-kc.jpg)
अभिनत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मा अभिनयको समयमा जती चर्चा पाइन्, तर डबिङको समयमा भने यो कामका कारणले उनको सिनेमा करियरमा वाधा पुग्ने चलचित्र समिक्षकहरुको भनाइ रहेको छ । आफैले अभिनय गरेको चलचित्रमा आफ्नै आवाज नहुनु, कलाकारका लागि ठूलो घाटाको बिषयपनि हो । अभिनेत्री पोखरेललाई डविङको बिषयले अर्को चलचित्रमा पनि अवसर पाउन निक्कै गाह्रो हुनेछ । अहिले डविङ भइरहेको शिल्पाको भूमिकामा अभिनेत्री समुना केसीले डबिङ गरिरहेकी छिन् । निर्देशक नवल नेपालले अभिनेत्री शिल्पाको आवाज पात्र अनुसार नमिलेपछि सहमतीमै समुनालाई डबिङमा ल्याएको बताए । उनले चलचित्रमा अभिनेत्रीको निक्कै दमदार भूमिका र डाइलगहरु भएको तर शिल्पाको आवाज मसिनो भएकाले नयाँ आवाज खोज्नु परेको बताइएको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको समेत अभिनय रहेको यो चलचित्रले महिलाको लाजको विषयमा कथा बोकेको छ ।
काठमाडौं, १४ फागुन । छविराज ओझाको पछिल्लो चलचित्र ‘लज्जा’को निर्माण सुरु भएयता देखी नै चर्चामा रहेकी अभिनेत्री तथा मोडल शिल्पा पोखरेलको पहिलो चलचित्रमा नै उनको स्वर दर्शकहरुले सुन्न नपाउने भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSK4EJMxL2_cHGMHxSISNTfV5MnlhOV1Pw5q5_3tcfCZjTvkCY8BgM3FnFS6CZ_0yXL5dNKzsE-_W8-4ltSlUA6vZcJPU0wo7EEcpx46meURVrvxdwsRWlHz7DZZvLyQVABtfFR7lx38k/s1600/shilpa-pokhrel-samuna-kc.jpg)
अभिनत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मा अभिनयको समयमा जती चर्चा पाइन्, तर डबिङको समयमा भने यो कामका कारणले उनको सिनेमा करियरमा वाधा पुग्ने चलचित्र समिक्षकहरुको भनाइ रहेको छ । आफैले अभिनय गरेको चलचित्रमा आफ्नै आवाज नहुनु, कलाकारका लागि ठूलो घाटाको बिषयपनि हो । अभिनेत्री पोखरेललाई डविङको बिषयले अर्को चलचित्रमा पनि अवसर पाउन निक्कै गाह्रो हुनेछ । अहिले डविङ भइरहेको शिल्पाको भूमिकामा अभिनेत्री समुना केसीले डबिङ गरिरहेकी छिन् । निर्देशक नवल नेपालले अभिनेत्री शिल्पाको आवाज पात्र अनुसार नमिलेपछि सहमतीमै समुनालाई डबिङमा ल्याएको बताए । उनले चलचित्रमा अभिनेत्रीको निक्कै दमदार भूमिका र डाइलगहरु भएको तर शिल्पाको आवाज मसिनो भएकाले नयाँ आवाज खोज्नु परेको बताइएको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको समेत अभिनय रहेको यो चलचित्रले महिलाको लाजको विषयमा कथा बोकेको छ ।
0 comments
Write Down Your Responses