शुरु भयो नेपाल आफ्रिका फिल्म महोत्सब
nepal-Africa-film-festival-2014
काठमाडौं, २०७१, जेठ ७, बुधवार । विभिन्न ९ देशको सिनेमा समेटिएको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१४’ राजधानीको कमल पोखरी स्थित रसियन कल्चरल सेन्टरमा मागलबारबाट सुरु भएको छ ।
सेनेगलका फिल्म ‘टुकीबुकी’को प्रदर्शनसागै सो फिल्म महोत्सब सुरु भएको हो । महोत्सबको उद्घाटन नेपाल विधार्थी संघका अध्यक्ष एवा सभासद राजित कर्ण र नेपालका लागि विभिन्न देशका राजदूतले सायुक्त रुपमा गरेका थिए । युगान्डा स्थित मकारेरे युनिभर्सिटीका डिन प्रा.एरोन मुसाभेनीले यो महोत्सबले नेपाल र अफ्रिकाका सास्कृतिलाई जोड्ने काम गरेको बताए । ‘युगान्डा र नेपाल दुबै लामो जनयुद्धबाट गुज्रिएका मुलुका हुन् । दुबैको भौगोलिक, आर्थिक अबस्था उस्तै भएकाले दुई देशको सास्कृति सिनेमाबाट आदन प्रदान हुनु सराहनीय कार्य हो ।’ प्रा एरोनले भने ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrIQt-CB9XlKyO_iXhFARDaYeDl_oaK7Ni2_a2Xcf5cbhEZpGZtDkudUBl_m7BAnInUcFHnGYbzQwEPok7Nu0kP_X__FLbpTBU-Y7uSd-qMk3x7HDHiC8XhxxNgAhNaGx5Ipl9WUkf7LJI/s1600/nepal-Africa-film-festival-2014.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrIQt-CB9XlKyO_iXhFARDaYeDl_oaK7Ni2_a2Xcf5cbhEZpGZtDkudUBl_m7BAnInUcFHnGYbzQwEPok7Nu0kP_X__FLbpTBU-Y7uSd-qMk3x7HDHiC8XhxxNgAhNaGx5Ipl9WUkf7LJI/s1600/nepal-Africa-film-festival-2014.jpg)
युगान्डाबाटै आएकी चलचित्र निर्देशक सिस्टर डोमिनिकले पनि यो महोत्सबले नेपाल र अफ्रिकालाई जोड्ने कम गरेको बताईन ।
इजिप्टका राष्ट्रपति बाहेर वेल्मीले आफ्नो मुलुकमा हुने फिल्म महोत्समा बिगतमा नेपाली सिनेमा सहभागी हुने गरेको स्मरण गरे । नेपालमा हुने यो महोत्सबमा आफ्नो मुलुकको सिनेमा सहभागी भएकोमा उनले खुसी व्यक्त गरे ।
नेपालका लागि रशियन राजदूत सर्गेई भेसिल्लेभिचले तेस्रो मुलुकमा पनि राम्रो सिनेमा बन्न थालेको बताए । यस्तो महोत्सबले तेस्रो मुलुकका सिनेमा सास्कृति आदन प्रदान हुने गरेको पनि उनले प्रकाश पारे ।
नेपाल विधार्थी संघका अध्यक्ष एवा सभासद राजित कर्णले अफ्रिका जस्तो अर्को महादिपको चलचित्रको नेपालमा महोत्सब हुनु गर्वको कुरा भएको बताए । यस्तो महोत्सबले चलचित्र सास्कृतिसागै विभिन्न कुरा आदन प्रदान हुने विश्वास उनले व्यक्त गरे ।
दक्षिण अफ्रिकाका कन्सुलेट प्रदीप श्रेष्ठले नेपाल र दक्षिण अफ्रिका पनि धेरैकुरामा समान भएको बताए । नेपालमा बसेर नेपाली दर्शकले बिगत चार वर्षदेखि यो महोत्सब मार्फत अफ्रिकाका सिनेमा मार्फत आफ्रिकालाई बुझने अबसर पाएको उनले स्मरण गराए ।
यस्तै नर्वेजियन दूतावासका हाकोन अराल्ड गुलब्रान्ड्सेनले पनि कलेज आफ जर्नालिजम एन्ड मास कम्युनिकेसनले अफ्रिकाका फिल्मको महोत्सब नेपालमा गर्नु प्रसासनीय कार्य भएको बताए ।
अफ्रिकालाई नेपालको नजरले हेर्न र नेपाली एवा अफ्रिकी फिल्मलाई एकै थलोमा ल्याएर दर्शकलाई पस्कन आफुले चार वर्ष देखि नेपाल अफ्रिका फिल्म फेस्टिलब गर्दै आएको कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन एवा सो महोत्सबकी अध्यक्ष मञ्जु मिश्रले बताईन । नेपाली फिल्मको अब अफ्रिकामा महोत्सब गर्ने पनि उनले जानकारी गराईन ।
काठमाडौंको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा मागलबारबाट सुरु भएको यो महोत्सब बिहिबारसम्म जारी रहने छ । महोत्सबमा विभिन्न ८ ओटा अफ्रिकी मुलुकका आठ ओटै सिनेमा प्रदर्शन हुादैछ ।
महोत्सबमा मागलबार तीनओटा सिनेमा रिलिज गरियो जसमा सेनेगलको ‘टुकी बुकी’ युगान्डाको ‘द ग्रिन ड्रिम’ र नेपालको राहदानी थियो ।
0 comments
Write Down Your Responses