• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चितवनमा वर्षा नहुँदा केरा उत्पादनमा कमी

    nepal-banana
    चितवन, खडेरीका कारण चितवनमा यसपटक केरा उत्पादनमा कमी आएको छ ।  करिब ७५ प्रतिशतले केरा उत्पादनमा कमी आएको केरा व्यवसायी समिति चितवनले जनाएको छ । 
    समितिका उपाध्यक्ष विष्णुहरि पन्तले आवश्यक पानीको मात्रा नपुग्दा केरा उत्पादनमा अप्रत्यासित कमी आएको र उत्पादित केरा पनि राम्रो नभएको बताए ।सिँचाइ नभएका ठाउँमा वर्षा भएन र सिँचाइ हुने स्थानमा पनि विद्युत्को समस्याले पानी पुर्‍याउन नसकिएको किसानको गुनासो छ ।
    यो मौसममा दैनिक १३ लाखको केरा बिक्री हुने गरेकामा यसपटक पाँच लाखको मात्रै बिक्री भइरहेको उनले बताए । दिनकै १५ गाडी केरा जाने गरेकामा अहिले पाँच गाडी पठाउन पनि मुस्किल भएको केरा किसानले बताएका छन् ।
    विगतमा हावाहुरीका कारण केराखेतीबाट करोडौँ क्षति व्यहोरेका किसानलाई यसपटक खडेरीले समस्या पारेको छ । 
    बजारमा केराको माग उच्च रहे पनि किसानले केरा दिन नसकेको समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदी बताए । त्यसैले अहिले भारतबाट अत्यधिक मात्रामा नेपालमा केरा भित्रिरहेको उनले बताए ।
    विसं २०५१ देखि व्यावसायिक केराखेती सुरु भएको चितवनमा अहिले एक हजार ६०० बिघामा खेती हुने गरेको छ । यहाँ वर्षामासमा एक हजार बिघामा मालभोग केरा र हिउँदमा ६०० बिघामा हरियो केरा उत्पादन हुने गर्छ ।
    चार सय केरा किसान रहेको यहाँ वार्षिक ४० करोडको केराको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.