निशाको खुसिको लागी सुमनले आफुलाई जलाइदिने
ujan-nembang-new-albam-tasbir
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, १३ मंगलबार । हरेक दिन मायाको परिभाषा आ–आफ्नै किसिमले हुने गरेको छ । तर अभिनेता सुमन सिँह भने एउटी मोडल निशा लामाको खुसिका लागी आफुलाई जलाइदिने भएका छन् । यति मात्र काहा हो र, सुमनले त त्यही निशाकै खुसिका लागी हरेक साझ बिहान नामै लिन छाडिदिने भएका छन् ।.jpg)
.jpg)
तर अच्चम नमान्नुस्, किनभने यो प्रसंग हो नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी योगदान दिदै आएका गायक उजन नेम्वाङ र गायिका रजिना रिमालले गाएको एक गीतको । गायक उजनको पछिल्लो एल्बम ‘तस्बिर’को चार औ म्युजिक भिडियोको । चपली हाइटमा भएको म्युजिक भिडियो सुटिङमा अभिनेता सुमन र निशा निकै मस्तिमा रहेका थिए ।

यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन् । यस गीतलाई रोशन लामाले लेखेका हुन् । गायक उजनको पहिलो एल्बम सन् २००७ मा ‘फ्रेण्डसिप’ रिलिज भएको थियो भने क्रमश: सन् २०१२ मा दास्रो एल्बम ‘अन्तराल’, तेस्रो एल्बम ‘तनाब’ र अहिले चौथो एल्बम २०१४ मा ‘तस्बिर’ भिडियोहरु सहित निकाल्ने तयारीमा रहेको विशाल चौतारीलाई बताए ।
0 comments
Write Down Your Responses