• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कलाकारका फेसबुक अनुभूति कलाकारहरुलाई प्रेम प्रस्ताव देखि सेक्स प्रस्ताव सम्म


    –विशाल राई

    तुलसि घिमिरे :– छोरीभन्दा सानो उमेरका साथीहरले ‘यार, तिमी’ भनेर सम्बोधन गरिरहेका हुन्छन् ।
    झरना थापा :– फेसबुक फ्यानमध्ये श्रीमान् बूढो भइसक्यो, मसँग विवाह गरौँ भन्ने थुप्रै हुन्छन् । आई लभ युको पर्पोज त भाइरस जसरी आउन थालिसक्यो । 
    बिनिता बराल : विवाह र सेक्ससम्बन्धी म्यासेज बढी आउँछन्, त्यस्ता म्यासेजलाई धन्यवाद लेखिँदिँदा फ्यानहरुले झन् कामुकता देखाउछन् । र कहिलेकाहि सेक्स प्रस्ताव राख्नपनि बेर लगाउदैनन् ।    
    सामाजिक सञ्जाल फेसबुकले छपक्कै छोपेको छ अहिलेको पुस्तालाई । २००३ अक्टोबर २८ मा जन्मिएसँगै यसले करोडौँलाई आफ्नो मोहजालमा कैद गरिसक्यो । नेपाली समाज पनि यसबाट अछूतो छैन अनि फेसबुकबाट बाहिर छैनन् नेपाली कलाकार पनि । नेपाली कलाकारको फेसबुक अपडेट कस्तो होला ? के छ उनीहरको फेसबुकभित्रको अन्तर्कथा ? जिज्ञासाको विषय बन्न सक्छ ।
    कलाकारहरुलाई फ्यानहरुको जिज्ञासा मेटाउने सजिलो माध्यम पनि बनेको पाइन्छ यो । तर, फेसबुककै कारण अनेकौँ कठिनाइ पनि झेल्नुपरेको सुनाउँछन् कलाकारहरु । अन्य मानिसले कलाकारको फोटो र नाम राखेर आफूखुसी फेसबुक एकाउन्ट खोलिदिँदा हैरानी खेप्नुपरिरहेको पनि कलाकारहरु बताउछन् । अनि कतिपय अवस्थामा ºयानले पठाउने अश्लील फोटो, भिडियो तथा विभिन्न म्यासेजले समस्या परेको सुनाउँछन् नेपाली कलाकार ।
    निर्देशक तुलसी घिमिरेले दुई वर्षअगाडि आफ्नै नामबाट फेसबुक खोलेका रहेछन् । भन्छन्, ‘श्रीमती र म बसेर फेसबुक खोल्यौँ, खोल्न नजानिएला कि जस्तो लागेको थियो तर भएछ । फेसबुक खोलिसकेपछि अपलोड गर्नचाहिँ जानिएन, छोरीहरुले गरिदिन्थे । त्यो एकाउन्ट मैलेभन्दा पनि छोरीहरले नै बढी चलाए । आफ्ना तिन सय भन्दा बढि फेसबुक फ्रेन्ड रहेको र तिनमा समकालीनभन्दा पनि युवा पुस्ता र केटीसाथी बढी रहेको घिमिरेले बताए । उनका अनुसार फेसबुकमा उनलाई छोरीभन्दा सानो उमेरका साथीहरले ‘यार, तिमी’ भनेर सम्बोधन गरिरहेका हुन्छन् रे ?
    नायिका सुमीना घिमिरेले भने दुई वर्षअघि आफैँले फेसबुक खोले पनि त्यति नचलाएको र पछि बन्द भएको सुनाइन् । तैपनि उनका नाम र फोटो राखेर अरुले मनलाग्दी फेसबुक खोलेका छन् रे  ? भन्छिन्, मेरै नाम र फोटोमा धेरै केटीको फेसबुक छ । कति साथीले म नै हुँ भनेर च्याट गर्दा अनेकौँ छाडा शब्द प्रयोग भएको सुनाउँछन् ।’ यसले गर्दा आफूलाई नकारात्मक असर परिरहेको उनले सुनाइन् ।
    नायिका झरना थापाले पनि करिब तीन वर्षअघि फेसबुक खोलेकी रहिछन्, आफ्नो वास्तविक नामबाटै । यसमा उनलाई भाइले सघाएका रहेछन् । अहिले उनको एकाउन्टमा तीन हजारभन्दा बढी साथी छन्, तीमध्ये केटा बढी । जानिसकेपछि त के थियो र ? आफ्नै नामबाट तीनवटा एकाउन्ट पुर्‍याइसकिछन् । भन्छिन् – फेसबुक फ्यानमध्ये श्रीमान् बूढो भइसक्यो, मसँग विवाह गरौँ भन्ने थुप्रै हुन्छन् । आई लभ युको पर्पोज त भाइरस जसरी आउन थालिसक्यो । त्यसो त अरु मानिसले आफ्नो नामबाट फेसबुक खोलेर जथाभाबी चलाइदिँदाको सास्ती उनले पनि नभोगेकी होइनन् । तर, अति भएकाले अब यसलाई सामान्य रुपमा लिन थालेकी छन् रे ?
    नायक राजवल्लभ कोइरालाले चार वर्षअगाडि खोलेको फेसबुक बन्द गरेर फेरि अर्को एकाउन्ट खोल्न भ्याइसकेछन् । कम्प्युटर सम्बन्धमा अध्ययन गरेकाले सुरुमा आफैँले खोलेको र कुनै अप्ठेरो नलागेको सुनाए । तर, फोटो अपलोड गर्ने मामिलामा चाहिँ थोरबहुत अलमलिएकै रहेछन् । फेसबुकमा उनका करिब सात हजार पाँच सय साथीमध्ये केटी बढी छन् रे ? भन्छन्, म्यासेजमा केटी फ्यानमध्ये एक–दुई जनाले विवाह गरौँ भनेर दिक्कै लगाए, अति भएपछि फ्रेन्ड लिस्टबाटै हटाउन बाध्य भएँ ।’ उनका नामबाट पनि अन्य मानिसले फेसबुक नखोलेका होइनन् तर उनलाई चाहिँ खासै असर परेको रहेनछ ।
    नायिका नन्दिता केसीले चाहिँ फेसबुकमा आफ्नो नाम केसी नन्दिता’ राखेर फेसबुक खोले रहेछिन् । उनले दुई वर्षअघि एकाउन्ट खोल्दा भाइ र बहिनीले सहयोग गरेकाले खासै अप्ठ्यारो बेहोर्नु परेनछ । अहिले उनको फेसबुकका करिब ४ हजार फ्रेन्डमा केटी बढी रहेको बताइन् । दिनमा १०–१५ जनाको फ्रेन्ड रिक्वेस्ट आइरहेको हुन्छ तर सबैलाई कन्फर्म गदिनँ, उनले बताईन् ।
    गायिका इन्दिरा जोशी सेलेक्ट गरेर मात्र फ्रेण्ड रिक्वेस्ट कन्फर्म गछिनर्् रे  ?  त्यसैले उनका साथीहरु धेरै नभएको बताउछिन् । अहिले जोशिको करिव ४ हजार भन्दा बढि फ्यानहरु रहेको बताईन । एक वर्षअघि बहिनीको सहयोगमा फेसबुक खोलेको उनले सुनाइन् । च्याटमा खासै नबस्ने हुनाले प्रेमप्रस्तावको लफडा भने उनले झेल्नुपरेको छैन रे ? तर अन्य मानिसले खोलिदिएका फेसबुकका कारणले चाहिँ साह्रै झमेला बेहोर्नुपर्छ, भन्छिन्, धेरैले मै हुँ भनेर च्याट गर्दा रहेछन्, तर वास्तवमा त्यो म हुन्न ।’
    निर्देशक दिनेश डिसीले फेसबुक खोलेको ६ वर्षको अवधिमा ५ हजार साथी बनाएछन्, तर केटी बढी । सुरुमा खोल्दा समस्या नपरे पनि पछि ह्याङ भएर तनाब दिएको उनले सुनाए । बिहान ६ बजे र  बेलुका ९ बजेपछि च्याटमा बस्ने गरेको बताउँछन् । त्यसो त उनको नामबाट पनि अन्य मानिसले फर्जी एकाउन्ट चलाएका रहेछन् । यसले चाहिँ साह्रै समस्या पारेको छ, उनले भने ।

    चार वर्षअघि फेसबुक एकाउन्ट खोलेकी नायिका बिनिता बरालका साथी फेसबुकमा ५ हजार भन्दा बढि फ्यानहरु नअटेपछि अर्को अकाउन्टपनि खोलेको बताईन् । दैनिक एक–दुई घन्टा चलाउँदा नयाँ अपडेट गरिहाल्दी रहिछन् यी चपली हाइट गर्ल । उनलाई विवाह र सेक्ससम्बन्धी म्यासेज बढी आउँछन् रे । त्यस्ता म्यासेजलाई धन्यवाद लेखिँदिँदा फ्यानहरले झन् कामुकता देखाउने गरेको सुनाउँछिन् ।
    गायक प्रमोद खरेलले पनि आफ्नो फेसबुक आफैँ खोलेका रहेछन् तर दुई दिनको अवधिमा १० पटक प्रयास गर्नुपरेछ । अहिले पाँच हजारभन्दा बढी साथी बनाएका उनको फ्रेन्ड लिस्टमा केटी नै बढी रहेछन् । राम्ररी बुझेर मात्र फ्रेण्ड रिक्वेस्ट कन्फर्म गर्ने सुनाए यी गायकले । ‘तर मेरो नाममा अरले एकाउन्ट खोलिदिँदा समस्या भोग्नुपरेको छ, उनले सुनाए ।
    चार वर्षअघि आफ्नै प्रयासले फेसबुक खोलेकी नायिका नम्रता श्रेष्ठचाहिँ च्याटमा फ्यानसँग कुरा गदिर्नन् रे ? म्यासेजमा खासै नराम्रा पोस्ट पनि आएका छैनन् रे  ?  तर अन्य मानिसले उनको फोटो र नाम राखेर मनलागी चलाइदिने फेसबुकले भने हैरानै पारेको रहेछ । भन्छिन्, यिनै कारणले मलाई फेसबुक नै नचलाऊँ जस्तो लाग्छ ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.