• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘सेक्सभन्दा लभ महत्त्वपूर्ण’

    -युमा राई, मिस राई २०१२
    हिँड्दाहिँड्दै अपरिचित व्यक्तिले गालामा किस गरे ?
    पहिले त छक्क पर्थें, अनि किस गर्नुको कारण खोज्थेँ । कोही त दिमाग खुस्किएका पनि हुन सक्छन् ।
    कम्मरमुनिको कुनै एउटा अंग हटाउनुपर्ने बाध्यता आइलागे ?
    खुट्टाको नङ नभए काटिरहने झन्झट हुँदैनथ्यो ।
    नेपालकै होचा खगेद्र थापामगरले विवाहको प्रस्ताव गरे ?
    मन पराउन त पाइहालिन्छ नि । मनपराएकामा धन्यवाद दिन्थेँ अनि बिहेचाहिँ गर्दिनँ भन्थेँ ।
    तपाईं अहिलेकी प्रमकी श्रीमती भएको भए कस्तो सुझाब दिनुहुन्थ्यो ?
    सम्झाउँथेँ– जनताको सेवा गर्न पाउने यस्तो मौका फेरि आउँदैन, त्यसैले देशलाई एउटा परिवारका रूपमा मिलाउनुस् । काम गर्न सक्नुभएन भने मलाई तपाईंकी श्रीमती हुँ भनेर नाम जोडिएकामा लाज लाग्नेछ ।
    एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
    गौँथली चरा बन्थेँ ।
    कसैले ५० लाख डलर दिएर एक रात बिताउन प्रस्ताव गरे ?
    हुनै सक्दैन नि यो कुरा त । पैसालाई मनोरञ्जनको साधन नठान्नुस् भन्दै सम्झाएर फर्काइदिन्थेँ ।
    हाकु काले मास्टर प्लानअनुसार विवाह गराँै भन्दै आए ?
    मास्टर प्लानले तपाईं यो स्थानमा हुनुहुन्छ, तर यो मास्टर प्लानलाई विवाहमा प्रयोग नगर्न आग्रह गर्थें । भविष्यलाई सोच्न लगाउँथेँ ।
    कुन सेलिब्रेटी टिभीको स्क्रिनबाट प्रकट भएर सेक्स प्रस्ताव राखुन् भन्ने चाहनुहुन्छ ?
    क्रिस्टियानो रोनाल्डो एकदमै मनपर्छ । सेक्स प्रस्तावै राखुन् भन्नेचाहिँ लाग्दैन ।
    बिहेपछि पतिले सेक्स सम्बन्ध राख्न नमाने ?
    पतिको मनै त्यस्तो छ भने के गर्नु र मैले † सेक्स लाइफभन्दा लभ लाइफ महत्त्वपूर्ण हुनेछ मेरा लागि ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.