• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राहदानीको आईटम डान्समा रिमाले धाए डिस्को क्लव (तस्विरपनि)

    काठमाडौ । 

    गुन्युचोली लाउदिनम मिनीस्कर्ट लाए, 

    रोधी घर जादिनम डिस्को क्लब धाए’
    गाउ घर छाडे मैले शहरतिर झरे
    गाउ घरकी पार्वती म पारु पो भए । 


    चलचित्र राहदानीको एक आईटम गीतमा छायाकनको दुई दिन अघि दीया मास्केले आईटम डान्स नगर्ने बताएपछि निर्माण पक्षले अभिनेत्रीरीमा विश्वकर्मालाई आईटम डान्सका लागि लिएका छन् । सो आईटमको छायाकन भने शुक्रबार भएको छ । चलचित्रको काम सुरु हुदाका दिनमा आईटम डान्स गर्ने सम्झौता गरेकी मास्केले छायाकन शुरु हुन दुई दिन अघि नाटकमा व्यस्त भएको भन्दै समय दिन नपाएको कारण निर्माण पक्षलाई  दिईन् । सोही कारण उनको ठाउँमा अभिनेत्री रीमालाई राखिएको बताइएको छ ।
     like this page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
    लामो समयदेखि रङ्ग पत्रकारीतामा कलम चलाउदै आएका पत्रकार डब्बु क्षेत्रद्धीद्धरा निर्देशित चलचित्रमा आईटम गीत राम्रो र सन्देश मुलक भएकाले पहिलो पटक आईटम डान्स गरेकोपनि रीमाले छायाकनको क्रममा बताएकि थिईन् । गुन्युचोली लाउदिनमा मिनीस्कर्ट लाए, रोधी घर जादिनम डिस्को क्लब धाए’ बोलको गीतमा अभिनेत्री रिमाले आईटम डान्स गरेकि हुन् । सो गितलाई चलचित्रका निर्देशक डब्बु क्षत्रीले लेखेका हुन्, भने चेतन सापकोटाको संगीत रहेको छ। यस गितलाई स्वर भने गायिका दुर्गा खरेलले दिएकि छिन् ।

    रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा दयाहाङ् राई, रुपा खनाल, बिनीता घिमिरे, अशोक रिजाल, सृजना सुब्बा, नवीन लम्साल, मोनिका दाहाल, तेञ्जिङ शेर्पा, विकाश जोशी, आयुष्मा श्रेष्ठ, विधा कार्की, तेञ्जिङ शेर्पा, शैलेन्द्र बस्नेतसहितका कलाकारको अभिनय छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.