• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कार्यक्रम सञ्चालन गर्न चेतन काठमाडौ आउदै

    काठमाडौं – भारतका प्रसिद्ध उपन्यास लेखक चेतन भगत एक कार्यक्रमका लागि  अर्को हप्ता  काठमाडौं आउने भएका छन्। थ्री मिस्टेक्स अफ माई लाइफवान नाइट एट दि कल सेन्टर जस्ता चर्चित उपन्यासका लेखक चेतनले एभरेस्ट होटलमा असार २२ मा एक ुकरियर वर्कसपु सञ्चालन गर्नेछन्।
    एसआर ग्रुप आफ इन्स्टिच्युसन्स र रिपब्लिका दैनिकको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा विशेष पास भएकालाई प्रवेश दिइनेछ। लेखक चेतनले उपन्यास लेखनबाहेक संसारभर सयभन्दा बढी संस्था, कर्पोरेट हाउस, शैक्षिक संस्था र स्वयंसेवक एजेन्सीहरुलाई सकारात्मक जीवनका बारेमा प्रवचन दिइसकेका छन्। करियर वर्कसप विथ चेतन भगतु नामक कार्यक्रम अपरान्ह सुरु हुनेछ र स्कुल, कलेजका विद्यार्थीका साथै कर्पोरेट अधिकृतहरु सहभागी हुनेछन्। एभिड इन्भेस्टमेन्ट्स एन्ड सर्भिस प्रालिले कार्यक्रम आयोजनामा सहयोग गरिरहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.