• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आदिवासी चलचित्रको उत्सव विकाश बोर्डको प्रेक्ष्यालयमा मनाउँदै


    विशाल चौतारि सम्वाददाता
    बिहीबार १३ असार, २०७०
    काठमाडौं – नेपालमा आदिवासी जनजाति भाषामा चलचित्र निर्माण भएको २५ वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाइएको छ। आदिवासी जनजाति चलचित्र महासंघले बुधबार र बिहीबार चलचित्र विकास बोर्डको प्रेक्ष्यालमा उत्सव मनाइरहेको छ। २०४५ सालमा नेपाल भाषाको फिल्म  सिलु बनेको समयलाई आधार मानेर उत्सव मनाइएको हो। उत्सवको उद्घाटन बुधबार नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष जगबहादुर थापा मगरले गरेका थिए ।
    २५ औं वर्षको अवधिमा आदिवासी सम्बन्धी धेरै चलचित्र निर्माण भइसकेका छन्। चलचित्रको माध्यमबाट जनजातिमा जनचेतना समेत बढेको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष जगबहादुरले बताए ।  कार्यक्रममा विभिन्न नौवटा आदिवासी भाषामाथि तयार भएको पहिलो चलचित्र , निर्देशक र निर्माताहरुलाई सम्मानपनि गरियो।like this facebook page
     https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
    कार्यक्रममा सिलुका निर्देशक प्रदीप रिमाल र निर्माता प्रेम बानियाँ मुगाल चलचित्र सोल्जीका निर्देशक टोमा लामा र निर्माता आङग्याल लामा, लिम्बु तरेवाका निर्देशक नवीन सुब्बा र निर्माता शोभा खोजुम, मगर लंघनुका निर्देशक युवराज मास्की रानामगर र निर्माता डिबी पुलामी मगर, थारु करमका निर्देशक परशुराम चौधरी र निर्माता रामलाल चौधरी र रेणु चौधरी, तामाङ सेमरी छोर्ङानुका निर्देशक जयनन्द लामा र निर्माता पुण्यसागर योञ्जन लामा, बान्तवा राई सायाबुङुका निर्देशक डिक बान्तवा र निर्माता मन्जु राई, सुनुवार स्यादरपिदारुका निर्देशक अमृत सुनुवार र निर्माता हनोक सुनुवार, गुरुङ पातेका निर्देशक युवराज मास्की रानामगर र निर्माता रोदी परिवारलाई सम्मान गरियो।
    उत्सवको पहिलो दिन बुधबार सिलु करमु रतरेवा फिल्म प्रदर्शन भए। बिहीबार सोल्जी लंघनु, सेमरी छोर्ङानु र सायाबुङु लगायत चलचित्र देखाइनेछ।
    अलजजिरा फिल्म महोत्सवका अवार्ड विजेता अशोक थापा मगरले बिहीबार फिल्म निर्माणको अनुभव सुनाउनेछन्। आदिवासी जनजातिमाथि फिल्म निर्माण भएको २५ वर्ष पुगेको सन्दर्भमा उत्सव गरेका हौं, आयोजक टोमा लामाले भनिन्।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.