• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • १९ देखि १७ वर्षका युवाहरुद्धरा दम्पितिको हत्या, हत्यामा संलग्न ६ हत्यारा पक्राउ

    बिहीबार १३ असार, २०७० खोटाङ –१३ खोटाङमा बृद्धबृद्धा दम्पत्तीको हत्यामा संलग्न ६ हत्यारा पक्राउ परेका छन् । दादागिरि गर्दै डाँका गर्ने उद्धेश्यले पाथेका –४ छेराका ७८ वर्षीय चक्रबहादुर गिरी र उनकि ७६ वर्षीया श्रीमती लीलामायाँ गिरीको हत्यामा संलग्न पाथेका–४ का १८ वर्षीय आशिष राई, १८ वर्षीय तिलकराम पूरी, १७ वर्षीय थामसिं राई, १९ वर्षीय कुमारसिं राई, १७ वर्षीय हिराधन राई र १७ वर्षीय संदेश राई पक्राउ परेका हुन् ।
    गिरी दम्पत्तीको घरमा भएका पाँच तोला सुन र पूरानो निलो रंगको पीँध भित्र परेको बहुमूल्य शिशी लुट्ने योजना अनुशार घट्नाका प्रमुख योजनाकार आशिष नेतृत्वको युवा समुहले बृद्धबृद्धा दम्पत्तीको हत्या गरेको खोटाङका प्रहरी नायब उपरिक्षक राजीव बस्नेतले बताए।  गत शुक्रबार राती गिरी दम्पतीको हत्या गरेर फरार  युवाहरुलाई भाग्दै गरेको र कसैलाई घरमा बसिरहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ६ जना युवालाई बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

    उनीहरुको साथबाट घट्नामा प्रयोग गरिएका दुई थान खुकुरी, एक थान लाठी, रगत लागेको एक थान कपडा, सिम र मेमोरीबीनाको एक थान नोकिय मोबाइल सेट बरामद गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए। गिरी दम्पत्तीको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य चार जनालाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अभियुक्तहरुलाई खुनडाँडा अन्तरगत कारबाही प्रकृया अघि बढाइने प्रहरी नायब उपरिक्षक बस्नेतले बताएका छन् । एकान्त र जंगलछेउमा घर भएका बृद्धबृद्धालाई उनीहरुले धारिलो हतियार प्रहार गरी बिभत्सतरिकाले हत्या गरेका थिए । आफ्ना बृद्धबृद्धा बाबुआमामाथि आक्रमण भएको थाहा पाएपछि बचाउकालागि गएका छोरा ५१ वर्षीय अमर गिरीको टाउकोमा गहिरो चोट लागेको छ । अमरको छोरा कुमार गिरी हल्ला गर्दै घटनास्थल पुगे लगत्तै लीलामायाँले लगाएको दुई तोला सुन लुटेर उनीहरु फरार भएका थिए ।
    ल–८ बाट पक्राउ गरेको हो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.