• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस ई–कलेज २०१३ को आवेदन खुल्ला , विजेतालाई स्कुटर

    असार २२ काठमाडौ । तिन वर्ष अगाडिदेखि सकृय रुपमा आयोजना हुदै आएको मिस ई–कलेज २०१३ को लागि आवेदन खुल्ला गरिएको छ ।  सिजन मिडियाको आयोजनामा हुने प्रतियोगितामा काठमाण्डौ उपत्यका र मोफसलका विभिन्न कलेजमा अध्ययनरत छात्राहरुलाई सहभागि गराईने छ । साधै उनिहरुलाई प्रतियोगितामा सहभागि गराएर उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुर्‍याउका लागि कार्यक्रमको आयोजनालाई निरन्तरता दिएको आयोजक सिजन मिडीयाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए।


    कार्यक्रममा सहभागि हुनको लागि उचाइको हकमा ५ फिट २ इन्च उमेर १७ वर्ष देखि २२ वर्ष सम्मको साथै दश जोड दुईको शिक्षा र सो भन्दामाथि अध्ययनरत भएको हुनुपर्ने छ। आवेदन आगामी साउन ३१ गतेसम्म वितरण हुने संस्थाले जनाएको छ । साथै प्रतियोगिताको पहिलो अडिसन भदौ १ गते हुने छ। उक्त अडिसनवाट काठमाण्डौ उपत्यकाको कलेजहरुवाट २० जना र उपत्यका वाहिरवाट ४ जना गरी २४ जनालाई छनौट गरि तालिममा समावेश गरीने वन्तले बताए।
    मनोरञ्जन समाचारको लागि विशाल चौतारीको फेसबुक पेजमा लाईक गरिदिनु होला 
    https://www.facebook.com/pages/Bishal-chautari/260522217427228 



    रोजीन शाक्यको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धा असोजको पहिलो साता काठमाण्डौमा हुने बताइएको छ । प्रतियोगिताका विजेताले मिस ई–कलेज २०१३को उपाधिसहित स्कुटर र उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मोवाइल फोन ट्यावलेट साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन्। यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ। 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.