• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पारस र गंगादेवी उत्कृष्ट खेलाडी, लोकप्रियमा झरना

    काठमाडौ । पल्सर अवार्डको उत्कृष्ट खेलाडीमा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्का र करातेकी गंगादेवी अधिकारी घोषित भएका छन्। मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर अवार्ड २०६९ समारोहमा यी दुई खेलाडीलाई अवार्ड वितरण गरियो।

    पुरुषतर्फ पारसका अलवा क्रिकेटकै वसन्त रेग्मी, फुटबलका भरत खवास, एथलेटिक्सका तिलकराम थारु र करातेका सुनिल लामा मनोनयनमा परेका थिए। त्यस्तै महिलातर्फ अधिकारीका अलवा पौडीका श्रेया धिताल, फुटबलका जमुना गुरुङ र अनु लामा र उसुका झरना गुरुङ मनोनयनमा परेकी थिइन्।

    लोकप्रियतर्फ भने पोखरेली उसु खेलाडी झरना गुरुङले अवार्ड जितिन्। एसएमएस र फेसबुक लाइकको आधारमा गरिएको भोटिङमा उनी अवार्ड जितेकी हुन्। उनले क्रिकेटका पारस खड्का, फुटबलका जगजित श्रेष्ठ, एथलेटिक्सका केशरी चौधरी र पौडीका शिरिष गुरुङलाई पछि पारेकी हुन्।

    त्यस्तै प्रशिक्षकमा क्रिकेटका पुबुदु दासानायकेले अवार्ड हात पारे। उनले एथलेटिक्सका नरबहादुर शाही, करातेका अकबर शाह, पौडीका ओङदेन लामा र उसुका युवराज गुरुश्रलाई पछि पार्दै अवार्ड जितेका हुन्।

    युवा खेलाडीमा भने उसुकी चाहना बम्जनले अवार्ड जितिन्। उनले पौडीका शिरिष गुरुङ, क्रिकेटका आकाश विष्ट, ब्याडमिन्टनका रत्नजित तामाङ र फुटबलका निरु थापालाई पछि पार्दै अवार्ड जितेकी हुन्।
    खेलकुदमा अतुलनीय योगदान पुर्‍याएको भन्दै फुटबलका पूर्व प्रशिक्षक भीम थापालाई लाइफटाइम अचिभमेन्टबाट सम्मानित गरियो।
    त्यस्तै पवन घिमिरेलाई स्पेशल अवार्डबाट सम्मानित भए भने विक्रम राणा वेस्ट पारा एथ्लेट अफ द इयरको उपाधि पाए । अवार्ड समारोहमा खेलकुदका विभिन्न खेलाडीले क्याटवाक गरेका थिए। समारोहमा गायिका सिने गुरुङले प्रस्तुती दिएकी थिइन्। त्यस्तै अभिनेत्री दिया मास्केले पनि नृत्य देखाएकी थिइन्।
    नागरीक दैनिकबाट जस्ताको तस्तै साभार 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.