• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अभिनेत्री करिस्माकि छोरी कवितापनि फेसन प्रतियोगितामा

    १८ असार काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि ग्ल्यामर दुनियामा आउन इच्छुक रहेको संकेत गरेकी छन्। अमेरिकामा हुन लागेको एएनए फेसन एक्स्ट्राभेजेन्जामा १८ वर्षीया कविता प्रतिस्पर्धीको रुपमा सहभागी हुँदैछिन्। कविता अध्यनका सिलसिलामा एक वर्षदेखि बाल्टिमोरमा छिन्।
    मलाई फेसनमा रुचि छ, त्यसैले यो प्रतियोगितामा भाग लिन लागेकी हुँ।
    प्रतियोगिताले फेसनप्रतिको मेरो रुचिलाई अझ गहिराइमा लैजाने विश्वास रहेको बताएकि छिन् । समाज विज्ञानमा स्नातक पहिलो वर्षमा अध्ययरत उनले प्रतियोगिताको अन्तिम आठमा छानिएकोमा निकै खुसी लागेको बताइन् ।

    म छनोट भएको कुरा सुनाउँदा बाबा र मामु पनि धेरै खुसी हुनुभयो। परिवारका सबैले साथ दिइरहनु भएको छ, उनले भनिन्। अमेरिकामा बस्ने नेपालीहरुले गर्ने एएनए कन्भेन्सनअन्तर्गत् यो फेसन इभेन्ट छैटौंपटक हुन लागेको हो।

    पूर्व मिस नेपाल माल्भिका सुब्बा, मलिना जोशी, प्रशान्त ताम्राकार र सुमित सिग्देल लगायत निर्णायकले अनलाइनबाट प्रतियोगीहरु छनोट गरेका थिए। अमेरिकामा बस्ने युवा पुस्ताका नेपालीहरुलाई फेसनबारे जानकार गराउन प्रतियोगिता गरेका हौं, आयोजकका अर्जुन केसीले भने।

    आउँदो शुक्रबार प्रतियोगिताको फाइनल न्युयोर्कमा हुँदैछ। अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने १८ देखि २७ वर्षसम्मका आठ महिला र आठ पुरुष प्रतियोगितामा छानिएका छन्। विजयीले मिस्टर भोग एएनएु र मिस भोग एएनएुको उपाधि पाउनेछन्। साभार : नागरिक दैनिक 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.