• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • म्युजिक भिडियोको एक्सन कटमा नेता झलनाथ खनाल मोडल

    ९ भाद्र, काठमाडौ । 
    एमाले अध्यक्ष झलनाथ खनालले एक गिति म्युजिक भिडियोमा अभिनय गरेका छन् । अध्यक्ष खनालले म्युजिकि भिडियो, क्यामराको अगाडि, त्यो पनि निर्देशकको एक्सन र कटको खप्कि खादै ।
    आफूद्धारा रचित गीत ‘मातृभूमि नेपाल हाम्रो’को म्युजिक भिडियोमा पूर्वप्रधानमन्त्री खनालले अभिनय गरेका हुन् । उहाँको अभिनय हामीलाई मन पर्‍यो, भिडियो निर्देशक सुब्रत आचार्यले बताएका थिए । टाइमिङ राम्रो रहेछ, एक्सन र कटको इशारा उहाँले सजिलै बुझ्नुभयो, अभिनय गराउन एकदमै राम्रो भयो ।
    ‘कस्तो सपना’ नामक एल्बममा सुन्न पाइने कृष्णभक्त राईको संगीत रहेको यस गीतलाई खनालकै गृहजिल्ला इलामका मोहन राईले गाएका छन् । गायक राईकै अनुरोध र पहलकदमीमा खनाललाई भिडियोमा समेट्न सकिएको निर्देशक आचार्यले जनाए । खनालकै डल्लुस्थित निवासमा भएको सुटिङ दुई घन्टामा सकिएको थियो।
    म्युजिक भिडियो र अभिनयबारे प्रश्न गर्दा नेता खनालले यसलाई त्यति ठूलो ‘इस्यु’ नबनाउन आग्रह गरे । ‘मैले गीत लेखेर दिएको थिएँ, पछि भिडियो पनि बनाउने कुरा भएछ,” खनालले भने, ‘मेरो अनुहार जसरी पनि समावेश गर्नुपर्छ भन्नुभयो, उहाँहरुको भावनाको कदर गरेर सुटिङमा सहभागी भएँ, खासमा मलाई रहर चाहिँ थिएन ।’
    केही समयपछि मुख्य टेलिभिजनहरुमा रिलिज हुने भिडियोमा नेता खनालमात्र होइन, इलामस्थित उनको घर पनि अटाइनेछ । गायक मोहन राईले उनको घरअगाडि उभिएर गीत गाउँदै गरेको दृश्य भिडियोमा जोड्न लागेको निर्देशक आचार्यले सुनाए । डल्लुको खनाल निवासमा भएको सबै सुटिङ कोठाभित्रै सकाइएको थियो । खनाललाई गीत लेख्दै गर्दाको मुद्धामा अभिनय गराइएको छ । दर्शकले भिडियो हेर्दा इलामको घरभित्र बसेर खनालले गीत लेख्दै गरेको बुझ्नसक्छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा भुवन केसीको मुख्य अभिनय छ । दुई वर्षअघि टिका लगाएर एमालेमा प्रवेश गरेका भुवनले भिडियोमा अभिनय गर्न तुरुन्तै स्विकृति जनाएको निर्देशक आचार्यले बताए ।
    सीमान्त उदास, सुशील क्षेत्री, निश्मा घिमिरे, साइब्रत आचार्य, सन्तोष राईलगायतले पनि भिडियोमा खेलेका छन् । खनाललाई यी कलाकारसँग एउटै फ्रेममा भने देख्न पाइनेछैन । सुकिला भेषमा खनालले गीत लेख्दै चिन्तन गर्दै गरेका दृश्य भिडियोमा बीचबीचमा समावेश गर्ने योजना भिडियो निर्देशकको छ । साभार –नागरिक दैनिक 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.