• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • गाविस सचिवका कारण बाबु भन्दा छोरी ४ वर्ष जेठी

    EXCLUSIVE   
    हाम्रो कानुन 
    ब्रेकर : नागरिकता प्रमाणपत्रको सिफारिस लिन आईतवार त्रियुगा नगरपालिका कार्यालय पुगेकि सप्तरी दौलतपुर ४ स्थाई घर भई त्रियुगा नगरपालिका ५ बस्दै आएकी तारादेवी कामीले आफ्नो विवरण पेश गर्दा बाबु भन्दा चार बर्ष जेठी रहेको खुलेको छ ।
    फाईल तस्विर
    सचिन बशिष्ठ 
    ९ भाद्र, उदयपुर । सुन्दै अचम्म लाग्न सक्छ, कहि बाबु भन्दा छोरी जेठी हुन्छ ? यो त कल्पनै गर्न नसकिने कुरा हो । तर गाविस सचिवको लापरवाहिका कारण यो अपत्यारिलो घट्ना यथार्थमा परिणत भएको छ । नागरिकता प्रमाणपत्रको सिफारिस लिन आईतवार त्रियुगा नगरपालिका कार्यालय पुगेकि सप्तरी दौलतपुर ४ स्थाई घर भई त्रियुगा नगरपालिका ५ बस्दै आएकी तारादेवी कामीले आफ्नो विवरण पेश गर्दा बाबु भन्दा चार बर्ष जेठी रहेको खुलेको छ ।
    उनले पेश गरेको कागजातमा बाबु मंगलबहादुर मिजारको जन्ममिति २०२४ साल उल्लेख गरिएको छ भने छोरी तारदेवीको २०२० साल फागुन १२ गते उल्लेख गरिएको पाईएपछि सिफारिसमा तोक लगाउने अधिकारी नगर अधिकृत खिलराज राईपनि एकछिन अलमल्ल परे । सप्तरी दौलतपुरबाट तारादेवी बसाई सराई उदयपुर आाउदा गाविस सचिबले दिएको बसाई सराईमा बाबुको जन्ममिति २०२४ साल र छोरीको २०२० साल उल्लेख गरेर पठाएपछि नगरपालिकाले सोहि अनुसारको विवरण राखेर २०६६ फागुन २३ गते ४३४–६६ नम्बरमा दर्ता गरेर बसाई सराई दर्ताको प्रमाणपत्र दिएको थियो । पछि नागरिकताको सिफारिस लिन आउने बेलामा नगर अधिकृत राईले हेरेपछि बाबु भन्दा छोरी जेठी पाईएकाले सवै कागजपत्र जफत गरेको बताए । गाविस सचिवको लापरवाहिका कारण तारादेवीले नेपाली नागरिकताको सिफारिस पाईनन् । आफु पढ्न नजान्ने मान्छे सचिवले के गरिदिए थाहा छैन्, तारादेवीले भनिन–‘अव कसरि नागरिकता पाउनु ?’ नगरपालिकाले पनि सोहि आधारमा नै सप्तरी दौलतपुरका सुकदेव कामीसंग विवाह दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराईसकेको छ । यसरी अनपढ सर्वसाधारणलाई गाविसले गलत प्रमाणपत्र उपलब्ध गराउदा उनीहरुले दु:ख पाउने गरेका छन् । यसविषयमा नगर अधिकृत राईले सवै प्रमाण जुटाउनकोलागि आफुले सल्लाह दिएको बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.