• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • स्काईपबाट सुवर्णले भने– फ्रान्सको नागरिकता त्याग्न तयार छु

    ९ भाद्र, काठमाडौ । विदेशी भाषी फिल्म ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि केही बिरोधका स्वर निस्किन थालेपछि सुनगाभा चलचित्रले आज काठमाडौमा एक पत्रकार सम्मेलन गरेको छ । चलचित्रको विरोधको स्पष्टिकरण ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले स्काइपबाटै दिएका छन् ।

    केही समयदेखि फ्रान्समै बस्दै आएका सुवर्ण फ्रान्सको नागरिक भएकाले ‘सुनगाभा’ले नेपाली चलचित्रका रुपमा ओस्कारमा भाग लिन नपाउने ‘बधशाला’का निर्देशक मनोज पण्डित लगायतले बताएका थिए । यही विषयमा स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा सुवर्णले स्काइपबाटै भने, ‘मैले अघिल्लो वर्ष मात्रै फ्रान्सको नागरिकता लिएको साँचो हो । तर, नेपाली नागरिकता त्यागेको छैन । परिआएका खण्डमा फ्रान्सकै नागरिकता त्याग्नपनि तयार छु ।’

    पत्रकार सम्मेलनमा फिल्म छनोट समिति नेपालका सदस्य लक्ष्मीनाथ शर्माले निवेदक चारवटै फिल्म हेरेपछि निर्णय लिएको बताए । उनले भने, ‘हामीले कसैको पैसा खाएर कसैलाई नजिक र टाढाको ब्यावहार गरेनौँं ।’ निर्माता संघका अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष नवल खड्का र प्राविधिक संघका अध्यक्ष मनोज केसीले शुभकामना मन्तव्य दिएका थिए । समलिंगी युवतीको प्रेमकथामा आधारित चलचित्र ‘सुनगाभा’ले यसपटक ओस्कारमा सहभागी हुने अवसर पाउनेछ । ‘साघुरो’, ‘शिरिषको फूल’ र ‘बधशाला’ ओस्कार प्रतिस्पर्धामा सामेल थिए । विमल पौडेल अध्यक्ष रहेको छनोट समितिले ओस्कारमा सुनगाभालाई पठाउने निर्णय गरेको हो । छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली (कपिल) छन् । नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्म ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ । त्यहा बाट पनि छनौट भएमा मात्र सन् २०१४ मार्च २ तारिखका दिन अमेरिकाको लस एन्जेलसमा हुने ८६औं एकेडेमी अवार्डस् (ओस्कार अवार्डस्) को विदेशी भाषी फिल्म पुरस्कारका लागि ‘सुनगाभा’ले प्रतिष्पर्धा गर्नेछ । यसअघि नेपाली फिल्म ‘क्याराभान’ले पहिलोपल्ट सन् १९९९मा आयोजना भएको ७२ औं ओस्कारमा सहभागिता जनाएको थियो । त्यसपछि सन् २००० मा ७३ औं ओस्कार अवार्डका लागि छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म ‘मुकुण्डो’, सन् २००३ मा ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘मुनामदन’,सन् २००६मा सुभास गजुरेलले निर्देशन गरेको ‘बसाइँले ओस्कार अवार्ड प्रतिश्पर्धाका लागि नेपालको प्रतिनिधित्व गरेका थिए । यि तीनटै फिल्मले छनोटको पहिलो चरण पार गर्न सकेनन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.