• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • व्यावसायिक गायक बन्न गेटअपकोपनि आवश्यक छ (फोटो फिचर सहित)

    विक्रम राई गायक 
    ब्रेकर : धेरै केटहरुको प्रेम प्रस्ताव आउने गरेको छ । तर म अहिले गायनमै सकृय हुने चाहनाले प्रेम प्रस्ताव अश्विकार गर्ने गरेको छु ।  
        –रुपेश राई          
    रियालिटि सो नेपाल आईडलको पहिलो नेपाल आईडल बन्न सफल नव गायक विक्रम राई अहिले नेपालि साङ्गितिक क्षेत्रमा चर्चामा रहेका छन् । उनको चर्चा चर्चामै मात्र समित छैन, उनि अहिले विधिन्न कार्यक्रम तथा गितहरु रेकर्डिङ गराउनमा व्यास्त रहेका छन् ।
    गायन क्षेत्र ग्यामरको क्षेत्र भएकै होला नेपाल आईडल विक्रम आफ्नो गेटअपमा निकै ध्यान दिन्छन् । उनले नेपाल आईडलको फाईनलमा बलिउडका चर्चित गायक सोनु निगमको हेयर स्टाईलमा गितहरु प्रस्तुत गरेका थिए । उनि गायक सोनु निगयमको एकदमै ठुलो फ्यान भएको बताउदै, भने–‘सोनु निगमको गायन मात्र होईन, हेयरस्टाईलपनि निकै ग्यामरस रहेको छ । गायक विक्रमको बुझाईमा गायन संगै ग्यामरसपनि हुन जरुरी ठान्छन् । गायकमा ग्यामर भए गित पर्फमेन्समा सहयोगपनि पुग्ने विक्रमले बताए । कालो सुटमा प्राय कार्यक्रममा उपस्थित हुने गायक विक्रम गायकहरुले आफ्नो गेटअपमापनि ध्यान दिनपर्ने बताउछन् । व्यावसायिक प्रतस्पर्धा र कार्यक्रमका लागि गायकलाई गेटअपको निकै महत्व ठान्छन्,उनि ।
    नेपाल आईडल विक्रमको गेटअपकै कारणपनि होला धेरै केटिहरु नेपाल आईडलमा उनको गेटअपदेखि प्रभावित भए । गायक विक्रमका अनुसार अहिले सम्म आफ्नो गर्लफ्रेण्ड नभएको बताउदै भन्छन्–‘धेरै केटहरुको प्रेम प्रस्ताव आउने गरेको छ । तर म अहिले गायनमै सकृय हुने चाहनाले प्रेम प्रस्ताव अश्विकार गर्ने गरेको छु ।’ विशाल चौतारीसंगको अन्र्तवार्ताको क्रममा सेक्सका बारेमा बोल्दै गायक राईले आफु अहिले सम्म कुनै केटिसंग प्रेम नगरेकालेपनि भर्जिन नै रहेको बताए । घरपरिवारको सपना व्रिटिस आर्मिमा भर्ति गाउने भएपनि सानैदेखि गायन क्षेत्रमा लाग्ने चाहना पालेका विक्रमले नेपाल आईडलको टाईटल विजेता बनेपछि परिवारपनि खुसि भएको बताए ।
                      फोटो      –     फिचर                            


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.