• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • उहासंग दुईचोटि बिहे गरें

      EXCLUSIVE  नलिना चित्रकार लवस्टोरी – प्रस्तुति :बिशाल राई    
    –नलिना चित्रकार, गायिका
    ब्रेकर :– घरायसी काममा उहाँ मलाई सहयोग गरिरहनुहुन्छ । कहिलेकाहीँ बिरामी हुँदा त लुगा पनि धोइदिन खोज्नुहुन्छ, म आफैँ गर्न दिन्नँ । बिहेपछिका कुनै पनि जमघट वा पार्टी यस्ता छैनन्, जहाँ हामी एक्लाएक्लै गएका हौँ । सधैँ सँगै, जोडी ढुकुर जस्तै छौँ हामी ।
    किशोरावस्थामा प्रेमप्रस्ताव गर्नेहर थुप्रै हुँदा रहेछन् । तर, मलाई त्यस्ता प्रस्तावप्रति कुनै रुचि थिएन । अनावश्यक दु :ख दिएजस्तो लाग्थ्यो । त्यसैले त्यस्ता केटाहरसँग झगडा गर्न तम्सिन्थेँ । केटी भए पनि केटाहरसँग डराएर खुम्चिएर बस्दैनथेँ । त्यसैले ममी भन्नुहुन्थ्यो– ‘यो त हाम्री छोरी नभएर छोरा पो हुनुपर्ने  ? ’ सानै छँदा सोच्थेँ– ‘बिहेचाहिँ गदिनँ ।’ र्काठमाडौंको गणेशस्थानमा जन्मिएकी म । कान्छी छोरी भएकाले परिवारको प्यारी थिएँ । सुरुमा त परिवार मलाई पढाउने विचारमा थिएन । तर, मेरो अध्ययनप्रतिको रुचि देखेपछि बुबाममीले रोकतोक गर्नुभएन । नजिकैको स्कुलमा भर्ना गरिदिनुभयो । स्कुलजीवनमा केटासाथी र केटीसाथी बराबरजस्तै थिए मेरा । तर, तीमध्ये बेस्टफ्रेन्ड कोही पनि थिएन । तर, किशोरावस्था लागेसँगै मेरो बिहेप्रतिको धारणा केही उदार हुँदै गयो । सोच्न थालेँ– ‘बिहे गर्नैपर्छ भने आफूलाई राम्ररी बुझ्न सक्ने कुनै बेस्ट फ्रेन्डसँग मात्र गर्छु ।’ कलेजमा पनि त्यस्तो गुण भएको केटामान्छे कोही देखिनँ मैले । तर, समयले कोही न कोही जुराइदिएकै हुँदो रहेछ । मेरो जीवनमा पनि एउटा यस्तो बेस्ट फ्रेन्ड आयो, जसलाई मन नपराउनै सकिनँ । जीवनको त्यही पहिलो बेस्ट फ्रेन्डसँग बिहे पनि गरेँ । अहिले त आफ्नो सारा संसार नै उहाँजस्तो लाग्छ मलाई ।
    ०००
    मलाई १३ वर्षको उमेरमै एउटा केटा माग्न आएको थियो तर सहमति जनाइनँ । एसएलसी पास गरेपछि फेरि पनि आयो, फेरि पनि मानिनँ । बिहे गदिनँ र्भन्ने सोचमै थिएँ । तर, जब सञ्जीव मिश्र मेरो जीवनमा आउनुभयो, मलाई पनि बिहेको रहर पलायो । १३ वर्षअगाडि हो उहाँसँग पहिलोचोटि भेट भएको, एउटा बर्थडे ग्यादरिङमा । सर्लाहीका बासिन्दा उहाँ काठमाडौंमा संघर्ष गरिरहनुभएको थियो । भेटेको केही दिनमै हामी एकअर्काको मायामा हराउन थालिसकेका रहेछौँ । कम बोल्ने, नम्र स्वभावका सञ्जीवप्रति मेरो आँखा बारम्बार गइरहेको थियो, त्यो पार्टीमा ।

    उहाँ पनि मेरो चुलबुले बानीप्रति आकषिर्त भइरहनुभएको रहेछ । सामान्य परिचयपछि थाहा भयो– हामी एउटै टेलिभिजनमा काम गरिरहेका रहेछौँ । म इन्टरटेनमेन्ट ब्युरोमा, उहाँ मार्केटिङमा । पछि अफिसमै भएको अर्को भेटमा हामीले फोन नम्बर साटासाट गर्‍यौँ । पहिलो फोन मैले नै गरेँ । म ‘सञ्जीवजी’ भनेर सम्बोधन गर्थें । उहाँ भन्नुहुन्थ्यो– ‘साथीलाई ‘जी’ लगाइरहनु पर्दैन, सञ्जीव मात्र भने हुन्छ ।’ विस्तारै आपसी मित्रता गाढा हुन थाल्यो । म आफ्ना कार्यक्रममा उहाँलाई लिएर जान्थेँ । उहाँ पनि मलाई सँगै लिएर हिँड्नुहुन्थ्यो । त्यही बेला म एल्बम निकाल्ने तयारीमा थिएँ । त्यसको प्रमोसनमा उहाँले मलाई निकै सघाउनुभयो, बेस्ट फ्रेन्डले जसरी । घन्टौं बसेर छलफल गथ्र्यौं हामी । अब त एकअर्कालाई यति धेरै भेट्न थालेका थियौँ कि देख्नेहर हामीलाई ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डका रपमा चित्रण गर्न थाले । साथीहर जिस्क्याउँथे– ‘अब तिमीहरको बिहेचाहिँ कहिले हो नि  ? ’ हामीले एकअर्कालाई प्रपोज त गरेका थिएनौँ तर साथीहरले यस्तो भन्दा मलाई पनि कताकता रमाइलो लागेर आउँथ्यो । घरमा आयो निद्रै नलाग्ने, साथीहरले भनेका कुरा दिमागभरि सलबलाइरहन्थे । बल्लबल्ल निदायो, सपनामा पनि उहाँसँगै बिहे भएको पो देखियो । एक दिन उहाँलाई सुनाएँ– ‘मैले सपनामा तिम्रो र मेरो बिहे भएको देखेँ नि  ? ’ सुरुमा त उहाँले खासै ध्यान दिनुभएन । लाग्यो– मलाई एउटा साथीको रपमा मात्र हेर्नुभएको रहेछ ।
    तर, पछि उहाँलाई मेरो सपनाको कुरा फिल भएछ । मलाई साथीबाट बढेर सोच्न थाल्नुभएछ । पछिल्लोचोटि मसँग बोल्दा उहाँको मुहारमा देखिने लज्जाले यस्तै संकेत गर्दै थियो । दुवैले बुझेका थियौँ– मुखले नभने पनि एकअर्काको मनले प्रस्ताव गरिसकेको छ र भित्रभित्रै स्विकारी पनि सकेको छ । जे भए नि अब हामी प्रेमीप्रेमिका भइसकेका थियौँ । केही सयमपछि दक्षिणकाली मन्दिर गयौँ । निकै रमाइलो माहोल थियो त्यो, वर्षा भइरहेको थियो । भिज्दै दक्षिणकाली पुग्यौँ, त्यहीँ खाना खायौँ । दिनभरि घुम्ने सोचेका हामी त्यहाँ धेरै बेर टिक्न भने सकेनौँ । किनकि त्यहाँ अर जोडी देखिएनन्, वातावरण निकै सुनसान थियो ।
    म काठमाडौंकी रैथाने नेवार, उहाँ सर्लाहीका प्युअर बाहुन । जातको विषय निकालेर एकअर्काको परिवारले नस्विकार्ने हो कि भन्ने चिन्ता थियो हामीलाई । हामी विभिन्न उपाय सोचेर कुराकानी गरिरहन्थ्यौँ । दुवैतर्फका परिवारलाई खुसी बनाएर बिहे गर्नुपर्छ भन्ने मानसिकतामा थियौं । म पनि संस्कारअनुसार बाजा बजाएरै उहाँले मलाई भित्रयाएको देख्न चाहन्थेँ । उहाँको चाहना पनि त्यही थियो । मैले विस्तारै उहाँलाई आफ्नो परिवारभित्र बेस्ट फ्रेन्डका रपमा भित्रयाएँ, घुलमिल गराएँ । हामी एकअर्कालाई साह्रै मन पराउँछौँ, उहाँ मेरा लागि सक्षम हुनुहुन्छ, भन्ने अनुभूति मैले आफ्नो परिवारलाई गराउनु थियो । परिवारलाई थाहा हुने गरी आफूहर प्रेममा परेको संकेत दिलाएर वातावरण सहज पार्ने प्रयासमा थियौँ । उहाँहर हामीलाई बुझ्न थाल्नुभएको थियो । यही मौका पारेर एक दिन सञ्जीवसँग बिहे गर्ने प्रस्ताव सुनाएँ । म आफ्नो खुट्टामा उभिन सक्ने भइसकेकी थिएँ ।

    छोरीले आफ्ना लागि राम्रै निर्णय गर्छे भन्ने विश्वास भएरै होला, बुबाआमाले स्विकार्नु पनि भयो । म पब्लिक फिगर भइसकेकी थिएँ । सञ्जीवको परिवारले पनि ओके गर्नुभएछ । २०५९ साल फागुन २२ गते दक्षिणकाली हाम्रो बिहे थियो । धेरैलाई बोलाएका थिएनौँ, दुईतिरका परिवार मात्र उपस्थित थियौँ । तर, भोलिपल्टै कसरीकसरी एउटा पत्रिकामा समाचार आइहालेछ । ०६० साल वैसाख १९ गते सबैलाई थाहा हुने गरी हामीले दोस्रोचोटि बिहे गर्‍यौँ ।
    ०००
    सुनेकी थिएँ, बिहेपछिका दिन सोचेजस्ता रमाइला हुँदैनन् भनेर । तर, मैले अहिलेसम्म त्यस्तो अनुभूति गनुपरेको छैन । उहाँ साह्रै समझदार पति हुनुुहुन्छ । बिहेपछि त उहाँ मलाई झन् खुलेर सपोर्ट गर्न थाल्नुभयो । बिहेको तीन दिनपछि नै म अलनेपाल टुरमा निस्किएकी थिएँ । अर परिवारकी बुहारी हुन्थेँ त यस्तो अवसर पाउँदैनथेँ होला । घरायसी धन्दा केही पनि जान्दैनथेँ । उहाँले सिकाएर आज पर्फेक्ट बनाइदिनुभएको छ । रिस उठेपछि सामान तोडफोड गर्ने बानी थियो, माइतीमा हुँदासम्म । उहाँका सामु त त्यो बानी पनि विस्तारै हराउँदै गयो । उहाँको सकारात्मक व्यवहारले मेरा थुप्रै नराम्रा बानी परिवर्तन भएका छन् । श्रीमान् मात्र होइन, बेस्टफ्रेन्ड, गाजिर्यन सबै बन्नुभएको छ उहाँ मेरा लागि ।
    पतिपत्नीबीच सानोतिनो झगडा त सामान्य नै भइहाल्यो । अलिअलि झगडा त पर्नुपर्छजस्तो पनि लाग्छ मलाई । अन्यथा, कुनै दिन एकैचोटि ठूलो झगडा पर्ने सम्भावना रहन सक्छ, त्यसको प्रतिफल नमीठो हुन्छ । जस्तो भनिन्छ नि– सानातिना एक्सिडेन्टहरले कुनै ठूलो एक्सिडेन्टको सम्भावना घटाइरहेका हुन्छन्, खड्गो कट्छ । यसकारण पनि सानातिना झगडा चलाइरहन्छौँ हामी । झगडा परिसकेपछि एकअर्कालाई मनाउँदा माया पनि त बढिरहेको हुन्छ नि  ?
    फरक जातीय संस्कारका कारण परिवारमा भिज्न अप्ठेरो हुने हो कि भन्ने आशंका पनि थियो मलाई बिहेअघिसम्म । तर, मैले जातका कारण अहिलेसम्म परिवारमा पछि पर्नु परेको छैन । नौलो संस्कार र संस्कृतिमा जिउनुको मजा पनि बेग्लै हुँदो रहेछ । बरु उहाँहरले चाहिँ आफूभन्दा ‘तल्लो जात’ बिहे गर्‍यो भनेर समाजको हेय खप्नुपर्‍यो कि भनेर चिन्ता लाग्छ । तर, उहाँहरले मलाई अहिलेसम्म त्यस्तो फिल हुन दिनुभएको छैन । मलाई त संसारकै सबैभन्दा भाग्यमानी श्रीमती आफैँ हुँ कि जस्तो पो लाग्छ । एकअर्कालाई राम्ररी बुझेका छौँ, कुनै शंका छैन आपसमा । हामीबीचको आपसी विश्वासलाई जस्तोसुकै परिस्थितिले पनि तोड्न सक्दैन ।

    घरायसी काममा उहाँ मलाई सहयोग गरिरहनुहुन्छ । कहिलेकाहीँ बिरामी हुँदा त लुगा पनि धोइदिन खोज्नुहुन्छ, म आफैँ गर्न दिन्नँ । बिहेपछिका कुनै पनि जमघट वा पार्टी यस्ता छैनन्, जहाँ हामी एक्लाएक्लै गएका हौँ । सधैँ सँगै । जोडी ढुकुर जस्तै छौँ हामी । बिहेको दुई वर्षपछि हाम्रो प्रेमको नासो जन्मियो– छोरा सक्षम । छोरी वा छोरा जे जन्मिए पनि हामीलाई मन्जुर थियो । त्यसैले दुइटै विकल्पमा नाम छनोट गरिसकेका थियौँ । छोराको नाम मैले नै छनोट गरेकी हुँ । ऊ जिन्दगीमा पनि नामअनुसारकै होस् भन्ने चाहना र कामना हाम्रो छ । हेरौँ, के हुन्छ  ?
    प्रस्तुति  : विशाल राई 


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.