• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बाढिले उदयपुर सदरमुकाम नै डुब्ने खतरा

                  EXCLUSIVE      –     news                           
    सचिन बशिष्ठ
    २६ भाद्र, उदयपुर । सरोकारवालाहरु नै अचेत भएका कारण उदयपुर सदरमुकाम गाईघाट बजारको भविश्य छोटिदै गएको छ । विविध कारणले विनासको बाटो लागेको सदरमुकाम गाईघाट भावि पिडिले एका देशको कथा भनेर सम्झनुपर्ने दिन नआउला भन्न सकिन्न । त्रियुगा नगरपालिका २ स्थित बरुवा खोला किनारमा २०३६ सालमा जिल्ला विकास समितिको सहयोगमा लगाईएको तटबन्ध गत सोमबार आएको बाढिले भत्काउदा सदरमुकाम भित्र बाढि पस्ने खतरा बढेर गएको हो ।चारबर्ष अघि बरुवा खोलाले धार परिबर्तन गरेपछि त्रियुगा नगरपालिकाका वडा नम्बर २ र तीनका बगरटोल, शिवालयटोल, संगमटोल, साकेलाटोल, गाईघाट बजार र वडा नम्बरका ३ का सवै टोलहरुका करिव १३ सय  घरपरिवार बाढिको उच्च जोखिममा रहेका छन । बरुवा नदि नियन्त्रणकालागि चप्पन सामुदायीक वनले केहिबर्ष अगाडि पहल चालेपनि आर्थिक अभावका कारण केहि गर्न नसकिएको सामुदायीक वनका सचिव रामबहादुर राईले बताए । गत सोमबार आएको बाढिले करिव २० मिटर बााध र त्यस क्षेत्रमा लागईएका दर्जानौ सिसौ र पिठारिका रुखहरु बगाएर लगेको राईले बताए । सामुदायीक वनको बार्षिक कार्ययोजनामा परेपनि रकम अभावका कारण केहि गर्न नसकिएको राईले बताए । जिल्लाको मुख्य समस्याको रुपमा रहेको त्रियुगा, बरुवा, लुहाले लगाएतका नदि नियन्त्रण नगर्नेहोभने सदरमुकाम नै मरुभुमिमा परिणत हुने स्थानीय बताउछन् । नदि नियन्त्रणको लागि कसैलाई वास्ता छैन, वनका सचिव राईले भने– “सप्तकोशीले कटान गरेजस्तो नसोचेको समयमा बजार डुवाउछ अनिमात्र थाहा हुन्छ यहााका मान्छेलाई ।”
    जिल्लामा समस्याको रुपमा विद्यमान बरुवा नदी नियन्त्रणको ठोस योजना बन्न नसक्दा वर्षेनी सयौं हेक्टर जमिन, सयौा घरबार र त्यतीकै संख्यामा जनधनको क्षेतीहुदै आएको छ । सम्वन्धित निकायले नदी  नियन्त्रणका लागी गरेको प्रयासपनि सार्थक हुन नसक्दा क्षेती बढदै गएको हो । नदी नियन्त्रणमा सम्वन्धीत निकायले चासो नदिदाा सदरमुकामबासि प्रत्येक बर्षायाममा त्रसित भएर वाच्नु पर्ने बाध्यता छ । बिभिन्न निकायले बरुवा र त्रियुगा नियन्त्रणका लागि बर्षेनी करौडौ खर्च गरेपनि उपलब्धि भने वालुवामा पानी हुंदैआएको स्थानीयले वताए । “नियन्त्रणको सबै प्रयास झारो टार्ने काम मात्र भएको छ “चप्पन सामुदायीक वन उपभोक्ता समितिका सचिव रामबहादुर राईले भने– “खर्च गर्ने नियकायले नदि नियन्त्रण भन्दापनि बजेट खर्च गरेर योजना सम्पन गर्ने काममात्रै गर्दै आएका छन “ । सदरमुकाबासि मात्र होईन बरुवा, त्रियुगा, लुहाले लगाएतका नदी र सयौ खरहे खोलाले जिल्लाको त्रियुगा नगरपालिका, जोगिदह, हडिया, सुन्दरपुर, बसाहा र तपेश्वरी गाविसको ९० प्रतिशत खेतियोग्य जमिन बलुवामा परिणत गरिसकेको छ । बन विनासका कारण नदीमा वर्षेनी बगेर आउनले गिट्टि र बालुवाले नदीको सतह उच्च भएको छ । नदी नियन्त्रणका लागि सरकारले दीर्घकालीन वृहत योजना बनाएर, त्रियुगा नगरपालिकाभित्र खोला आसपासका मुहान देखि नदीको अन्तिम बिन्दु सप्तकोसीसम्म दुवै किनाराबाट नदिलाई च्यापेर बााध बााध्ने हो भने ११ हजार विघाभन्दा  बढी जमिन निस्कन सक्ने सचिवले बताए । सदरमुकाम उच्च जोखिममा छ, राईले भने– “अधिकांस खोला किनारका बस्ती छन् बरुवा ठाडो खोला भएकोले कुनैपनि समयमा बस्तीमा प्रवेस गर्छ र बगाएर लैजान्छ ।”बरुवा खोलाले बर्षेनी धार परिर्वतन गरिहने भएकोले बढि जोखिम लिनु परेको बताईएको छ । पटक–पटक हारगुहार गर्दा पनि, सदरमुकाम भित्रै रहेको वास्ती जोगाउन संबन्धीत निकायले कुनै चासो नदिएको स्थानीयवासीहरु गुनासो गर्छन । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.