• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘द्रौपदी’मा पनि यौनको रमरमी लिएर आए राजेन्द्र

    २७ भाद्र, काठमाडौं। 
    सफल गीतकारबाट आख्यानकारको परिचय बनाउन तम्सिएका राजेन्द्र थापाले पहिलो कृति ‘खेलौना’बाट तालीभन्दा ज्यादा गाली पाए । खेलौना पढ्ने पाठकले उनलाई यौन मनोविज्ञानको नाममा साहित्यमा छाडापन भित्याएको आरोप लगाए । तर नारी मनका कथाव्यथा लेखनीमा उतारेको बताउने थापा आलोचकका आरोपहरुको बेवास्ता गर्दै दोस्रो औपन्यासिक कृति द्रौपदी” लिएर बजारमा आएका छन् ।यसअघिको कृति खेलौनामा नारीले पुरुषलाई खेलौनाको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता उतारेका लेखकले द्रौपदीमा भने स्त्री शत्तिलाई उजागर गरेको बताए । नेपाली समाजमा महिलामाथि हुने घरेलु हिंसापछिको विद्रोह उपन्यासको मुख्य विषय हो । यो उपन्यास पढ्दा हरेक महिलाले आफ्नो कथा लेखिएको पाउने  गीतकार थापाले बताए । समाजमा महिलाको स्थान उकास्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने पनि थापाले दाबी गरे । भने –‘हाम्रो समाजले परापूर्वकालदेखि महिलालाई दोस्रो स्थानमा राखेर दबाउने गरेको । तर यो पुस्तकले यस्ता कुरीतिविरुद्ध चेतनाको राँको बाल्नेछ ।’ पहिलो पुस्तक एउटी नेपाली मोडलको जीवनीमाथि आधारित भएझैं द्रौपदी पनि घरेलु हिंसाविरुद्ध विद्रोह गरेका महिलाको अनुभवमा आधारित छ । थापाले पुस्तकमा रहेका दुई चरित्रहरु ६ वर्षको उमेरदेखि घरेलु हिंसाबाट पिडित रहेका महिलालाई आधार मानेर तयार गरेको जानकारी गराए । द्रौपदी महाभारतमा घरेलु हिंसाबाट पीडित नारी थिइन् । नेपालमा यस्ता द्रौपदीहरु घरघरमा आज पनि पाइन्छन् । द्रौपदी घर घरमा सताइएका त्यस्तै नारीहरुको कथा हो,” थापाले भने। 
    पुस्तकमा नग्नता भित्याएको आरोप लागेका थापाले ‘द्रौपदी’मा पनि यौनको रमरमी रहेको स्वीकारे । ‘बलात्कृत महिलाको कथा भएकाले पुस्तकमा द्रौपदीका चीरहरणका दृश्य पक्कै छन् तर चीरहरणको वर्णन सस्तो छैन,” थापाले भने। पुस्तकलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.