• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हास्यकलाकार प्रकाश ओझाको ‘त्राश’ पौस १९ मा

    विशाल चौतारी समाचार
    काठमाडौं, १६ पुस ।
    गायक तथा हास्य कलाकार प्रकाश ओझा द्धारा निर्माण तथा निर्देशन गरिएको चलचित्र ‘त्राश’ प्रदर्शनमा आउने भएको छ । कमेडी र थ्रीलरमा  आधारित रहेर निर्माण गरिएको चलचित्र ‘त्राश’ आगामी पौस १९ गते बाट देशभरका चलचित्र सिनेमा घरहरुबाट एक साथ प्रदर्शनमा आउने भएको चलचित्रका निर्देशक निर्माता प्रकाशले बताएका छन् ।
    पछिल्लो समयमा नेपाली चलचित्रको व्यावसायिक व्यापार आरालो लागिरहेको समयमा गायक तथा हास्य कलाकारीताको अनुभवको आधारमा ओझाको पहिलो प्रयास चलचित्र भएकाले केहि आसापनि यस चलचित्रबाट गरिएको छ । चलचित्र ‘त्राश’मा अभिनेत्री अनु शाह, रिया श्रेस्ठ, आयुब केशी, निराजन लुइटेलका साथमा प्रकाश ओझा संगै रंगमंचमा अभिनय गर्ने कलाकारहरु प्रकाश सुब्बा, सोनी जयन्ती, तिर्थ याक्सो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
    कलाकार प्रकाशको काँचको पर्दामा दर्शकहरुले जसरि मन पराएका छन्, त्यसरी नै चलचित्रको रङगिन पर्दामा पनि मनपराउने पूर्ण आशा लिएको बताएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.