• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपाली चलचित्र दार्जलिङमा चलाउन निर्माता संघको ज्ञापनपत्र

    विशाल चौतारी समाचार
    काठमाडौं, १६ पुस ।
    पछिल्लो समयमा नपाली चलचित्रको बजारलाई बिस्तार गर्ने काममा नेपाल चलचित्र निर्माता संघ अग्रसर भएर लागिरहेको छ । यसैक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले दार्जलिङमा नेपाली चलचित्र चलाउनको लागि पहल गरिरहेका छन् ।
    यस्तै क्रममा आज मंगलवार जीटीएकी स्वास्थ्य विभाग प्रमुख आशा गुरुङसँग दार्जिलिमा नेपाली चलचित्र चलाउने बारेमा अपिल गरिएको छ । निर्माता संघको हलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा आशालाई मायाको चिनो प्रदान गर्दै चलचित्र चलाउने वाताबरण बनाइदिन आग्रह गरिएको हो । गत आइतबार आयोजना गरिएको चलचित्र ‘बितेका पल’को प्रिमियरमा सहभागी हुन नेपाल आएको अवसर पारेर आशालाई यस कामका लागि अपिल गरिएको हो । यस्तै जीटीएका प्रमुख बिमल गुरुङसँग एक बर्ष अघि नै नेपाली चलचित्र दार्जिलिङमा चलाउने बारेमा आग्रह गरिएको थिए । तर सो कुरा गरिए लगतै गोर्खाल्याण्डको आन्दोलन चकिर्एपछि यो कार्य अधुरै रहेको थियो । उक्त अवसरमा निर्माता संघका अध्यक्ष राजकुमार राइले आग्रह सहितको लिखित पत्र आशालाई वुझाएका थिए । कार्यक्रममा बोल्दै आशा गुरुङले आफूले यो बिषयलाई दार्जिलिङ गपछि पहिलो कामको रुपमा आफुले लिने र यस कुरालाई गम्भिर रुपमा उठाउने बताइन् । आफूले तत्काल कुनै आश्वासन दिन नसक्ने बताउँदै आशाले यो बिषयलाई गम्भिर रुपमा उठान गर्नेपनि बताईन् । नेपाली चलचत्रको बजार बिस्तार नभएसम्म महंगो चलचित्र बनाउने निर्माताहरुको लगानि सुरक्षित नहुने संघका अध्यक्ष राजकुमार राईले बताए । आफु केहि समय अगाडि चलचित्र ‘बितेका पल’को सुटिङको समयमा गएर दार्जिलिङमा चलचित्र चलाउने बारेमा कुरा गरेको बताउदै अध्यक्ष राईले दार्जलिङमा नेपाली चलचित्रलाई माया गर्ने दर्शक प्रशस्त रहेकाले यस काममा साथ दिन आग्रह गरेका थिए । कार्यक्रममा चलचित्र ‘बितेका पल’मा इङ्लिसपेक्टरको भुमिकामा देखिएर –‘दार्जिलिङको कलाकारलाई कि कालले लान्छ, कि नेपालले’ डाइलडका कारण चर्चामा रहेका कलाकार हेमराज बराईलिलाईपनि सम्मान गरिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.