• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सिक्किमे स्रष्टा सम्मानित

    विशाल चौतारी समाचार
    काठमाडौ, १८ पुस ।
    सिक्किमका साहित्यकार तथा नाटककार जगदीश शर्मालाई नेपाली भाषा, साहित्य, गीत सङ्गीत र कला संस्कृतिको उत्थानमा पुर्‍याएको योगदानका कदर गर्दै काठमाडौंमा ‘मिलाप सम्मान’ मार्फत सम्मानित गरिएको छ ।
    हाल उनी नेपाल आएको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी संस्कृतिविद सत्यमोहन जोशी र मिलाप मासिकका प्रधान सम्पादक कृष्णप्रसाद भुसालले शर्मालाई खादा र ताम्रपत्रसहित सम्मान प्रदान गरेका थिए । बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख रमेश कोइरालाको सभापत्विमा सम्पन्न कार्यक्रममा सिक्किमेली साहित्यकार शर्माद्वारा लिखित पुस्तक ‘पवित्र क्रान्ति’बारे विमर्श पनि गरिएको थियो । कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, बानेश्वर क्याम्पसका प्राध्यापक तथा साहित्यकार महेश प्रसाई, पत्रकार डम्बरकुमार गिरी, स्वराज्य र मेलमिलापका अभियन्ता केशवप्रसाद चौलागाईं, सङ्गीतकार बुुलु मुकारुङ, संस्कृतविद् सत्यमोहन जोशीले पुस्तक पवित्र क्रान्तिबारे चर्चा गरेका थिए । पवित्र क्रान्ति सिक्किमका मुख्यमन्त्री पवन चामलिङ्को दर्शनका रुपमा यतिबेला चर्चामा रहेको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.