• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • किरात गिती भिडियो संङ्ग्रह ‘लिम्चिङबुङ’ विमोचीत

    विशाल चौतारी समाचार
    काठमाडौ, २१ पुस ।
    किरात गिती भिडियो संङ्ग्रह ‘लिम्चिङबुङ’को गत शनिवार ललितपुरमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । किरात राई सास्कृतिक कलाकार संघ जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा प्रमुख अतिथी तथा राष्ट्रगानका सर्जक व्याकुल माईला, मणि कुमार राई, आयोजक समितीका अध्यक्ष रोशन राई, कार्यसमितीका केन्द्रिय उपादक्ष तथा गायिका पार्वति राई लगायतले भिडियो एल्वमको विमोचन गरेका थिए । विमोचन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी माईलाले एल्वम ल्याएकोमा बधाई दिए । किरात भाषा उत्थानमा आयोजक संस्थालाई सम्पुर्ण कार्यक्रमका वक्तहरुले शुभकामना दिएका थिए ।
    विमोचन समारोह कार्यक्रममा ७ गित समावेश भिडियो एल्वमका गितहरु प्रर्दशनपनि गरिएको थियो । आयोजक समितिका सचिव तथा भिडियो एल्वमको संयोजक समेत रहेका गायक रेवत राईले किरात भाषाहरुलाई उत्थानका लागि यो भिडियो एल्वम ल्याएको बताए । भिडियोहरुलाई भुपेन कुमार राई, जनक राई र रोशन राईले एल्वमको भिडियो निर्देशन गरेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.