• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजेशले काठमाडौ–दिक्तेल जाने गाडिको उद्घाटन गरे (फोटो फिचर सहित)

    EXCLUSIVE
    विशाल चौतारी समाचार
    काठमाडौं, २१ पुस ।
    बिकट जिल्ला खोटाङमा गाडि पुगेको लामै समय भएपनि सिधै काठमाडौ दिक्तेल ओहोर दोहोर गर्ने गाडि सञ्चालनमा आएको थिएन । तर खोटाङ्गे बासिहरुलाई खुसिको खबर राजधानि बाट सिधै दिक्तेल पुग्ने गाडि सञ्चालनमा आएको छ । चर्चित गायक राजेश पायल राईले खोठाङ दिक्तेल जाने गाडिको काठमाडौमा एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरेका थिए ।
    रुपाकोट हलेसी यातायात सेवा नाम दिएर सञ्चालनमा ल्याउन लागेको यस सेवा मुलक काममा आफुले उद्घाटन गर्न पाउदा खुसि लागेको कार्यक्रममा गायक राजेश पायलले बताए । गायक पायलले भने ‘– आफ्नै जिल्लामापनि सिधै गाडि पुग्ने खबरले म धेरै खुसि रहेको छु । म खोटाङको छोरो भएकालेपनि आफुले यस्ता सामाजिक काममा सहयोग दिनेछु । सम्पुर्ण खोटाङ बासिहरुलाई बधाई दिनपनि चाहान्छु ।’ गायक राईले केहि वर्षको सम्झना गर्दै खोटाङ पुग्न प्लेनबाट मार्फत सिमित हुने बताए । आफु खोटाङ जादा गाडिबाट जानेपनि गायक राईले कार्यक्रममा बताए ।
    कृष्ण कार्की, महेश तामाङ लगायत सात जनाको पहलमा सञ्चालित गाडि पुस २२ गते भोलिबाट सञ्चालनमा आउने सञ्चालक समितीले बताए । काठमाडौदेखी खुर्कोट हुदै घुर्मि, जयरामघाट, हलेसि हुदै दिक्तेल पुग्ने सञ्चालक समितीका कृष्ण कार्किले जानकारी दिए । काठमाडौबाट दिक्तेल पुग्न २२ सय भाडा तोकिएको छ । काठमाडौबाट ५ बजे हिडेको गाडि दिक्तेलमा साढे चार बजे पुर्‍याउने सञ्चालक समितीको उद्देश्य रहेको छ । हरेक दैनिक काठमाडौबाट ४ वटा गाडि छुट्ने र दिक्तेलबाट ४ वटा गाडि काठमाडौ आउनेपनि संञ्चालक समितीले बताएको छ । दिक्तेल जाने बाटोलाई लक्ष्ति गरी एक चोटिमा १० जना प्यासेन्जर ल्याउने, लाने काम गर्नेछ । गाडिको स्टेसन चावहिलमा राखिएको छ ।
     



     
     watch this bisal chautari youtube video

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.