• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिकाको कन्सर्टबाट, दुर्गमका पाँच विद्यालयलाई १–१ लाख दिइने

    विशाल चौतारी समाचार
    काठमाडौं, ९ फागुन ।
    बलिउड चलचित्र उद्योगका पछिल्लो समयका लोकप्रिय गायक मिखा सिंहको नेपाल कन्सर्ट आगामी फागुन १८ गते आइतबार हुने भएको छ । कन्र्सटको होटल पार्टनर साङ्ग्रिला होटलमा आयोजना गरिएको दास्रो प्रेसमिटमा राजधानीको सानो गौचरणमा हुने जानकारी दिएका थिए । साथै कन्र्सटमा आयोजकले चाहदा चाहदै पनि दश हजार भन्दा बढि टिकट नबेच्ने आयोजकले प्रेसमिटमै जानकारी दिए ।
    कन्र्सटका आयोजक मुनलाइट रेकड्र्सले कन्सर्टको अन्तिम तयारी पुरा भएको जनाउँदै प्रेसमिटमा टिकट दर पनि परिवर्तन भएको जानकारी गराएको थियो । मिका सिंहको कन्र्सट हेर्न चाहने फ्यानहरुका लागी एक हजार, दुई हजार र तीनहजार टिकट मूल्य तोकिएको छ ।
    mika-singh-live-in-nepal
    यस्तै फागुन १७ गते मिखासहित विमानस्थलमा प्रेसमिट गरिने भएको छ । आयोजित जमघटमा बोल्दै आयोजक सदस्यहरुले पूर्वनिर्धारित मिति र समयमा कन्सर्ट गर्न असमर्थता जनाउँदै माफी मागेका थिए । उक्त प्रेसमिटमा मिखाले गाउने गीतहरुको सूचि पनि सार्वजनिक गरिएको थियो ।  । ढिंका चिका, देशी बिट, मौजा हि मौजा, शुभ होने ना दे, पुंगी बजाकर, गनपत, दिलमे बजे गितार, धन्नो, खाली पिली खाली पिली रोक्नेका नहीँ, गन्दी बात लगायत गरि करिव ९० मिनेट गाउने भएको इभेन्ट निर्देशक अनुप प्रकाशले बताए । २१ वर्षको उमेरमा सावन मैं लगगई आग एल्बम निकालेर डेब्यु गरेका मिखाले सो एल्बमबाट टाइटल गीत पनि गाउने भएका छन् ।
    कन्सर्टका बारेमा बोल्दै चलचित्र समिक्षक डा. प्रदीप भट्टराईले मिकाको कन्सर्टलाई नाफा घाटाभन्दा पनि दीर्घकालिन उपलब्धीको रुपमा लिनुपर्ने बताए । कन्र्सटसंग नेपालको समाजिक तथा आर्थित पक्षहरुपनि जोडिएको भट्टराईले बताए । यस्तै कन्र्सटका लागी टुँडिखेल मैदान उपलब्ध गराउन विभेद गरिएको पनि कार्यक्रममा समिक्षक भट्टराईले दुखेसो पोखे ।
    काठमाडौंमा रहँदा गायक मिकाले पशुपतिनाथको सबैभन्दा बढि रुपमा दर्शकन गर्ने चाहना राखेको प्रेसमिटमा जानकारी गराइएको थियो । त्यस्तै पर्वतीय उडान भर्ने लगायतका कार्यक्रमहरुपनि रहेको प्रेसमिटमा जानकारी गराइएको थियो ।
    गायक मिका सिंहको कन्सर्टबाट उठेको रकमबाट दुर्गम जिल्लाहरुका पाँच विद्यालयलाई एक–एक लाखको दरले रकम वितरण गर्ने कार्यक्रममा बोल्दै समिक्षक प्रदिप भट्टराईले बताएका थिए । ति पाँच दुर्गम जिल्लाहरु ताप्लेजुङ, अर्घाखाँची, रामेछाप, काठमाडौं (झोर) र सोलुखुम्बुका स्कुल रहेका छन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.