पोर्न स्टार सन्नी ‘न्यु ईयर सेलिब्रेट’ गराउँन काठमाडौंमा
Sunny Leone live Performance in kathmandu nepal .
काठमाडौं, ३० चैत । तीन साता अगाडी मात्र नेपालमा आएकी पोर्न स्टार तथा पछिल्लो समय बलिउड अभिनेत्री सन्नी लियोन नेपाली नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छन् । अभिनेत्री सन्नी पतिसँग आजै आइतबार काठमाडौं आइपुगेकी हुन् । अभिनेत्री सनी आफ्ना पतिका साथ बौद्धस्थित ह्यात होटलमा बसेकी छिन् ।.jpg)
.jpg)
आज आइतबार साझ ह्यात होटलमा हुने ‘न्यु इयर इभ’ स्पेशल कार्यक्रममा सहभागी हुन नेपाल आएकी अभिनेत्री सन्नीलाई कामत्य मिडियाले निम्ताएको हो । बलिउडमा जिस्म २ बाट डेब्यु गरेकी अभिनेत्री सन्नीले पछिल्लो चोटि अभिनय गरेको चलचित्र ‘रागिनी एमएमएस–२’ले बलिउडमा राम्रो व्यापर गरिरहेको छ ।
तीन साताअघि नेपाल आएर स्वयम्भू र मंगल बजार घुमेर गएकी अभिनेत्री सन्नीको यो दोस्रो नेपाल आगमन हो । नेपाल आउनअघि सनीले सामाजिक नेटवर्क ट्विटरमा लेख्दै भनेकी छिन्, ‘नेपाली नयाँ वर्ष सेलिब्रेट गर्न नेपाल जाँदैछु । नेपालको सबैभन्दा ठुलो नयाँ वर्षमा ह्यातमा हुने मेरो प्रर्दशन हेर्न आउनुहोला । के आफ्नो टिकट सुरक्षित गर्नुभयो त ?’
0 comments
Write Down Your Responses