खाली हलमा इनास अवार्ड वितरण
eNasha-film-award-2014
विशाल चौतारी समाचार
काठमाडौं, १८ चैत । गत आइतवार साँझ नेदरल्यान्डमा सम्पन्न भएको दोस्रो इनास अवार्ड २०१४ खाली हलमा केही कलाकारहरुको माझमा वितरण गरिएको छ ।.jpg)
इनास अवार्डका लागि गत साता चलचित्रकर्मीहरु क्रमश : निर शाह, उद्धव पौड्याल, अभिनेत्री निशा अधिकारी चलचित्र विकास बोर्डका प्रवत्ता अनुपम निरौला, निर्माता सुनिल रावल, राजेश घतानी लगायतको टोली त्यसतर्फ गएको थियो ।.jpg)
इनास अवार्ड २०१४ मा सुनिल रावलको चलचित्र ‘होस्टेल’ले उत्कृष्ट अवार्डको हात पारेको छ । त्यस्तै सर्वोत्कृष्ठ अभिनेताका लागी चलचित्र ‘धन्दा’बाट अर्पण थापा र सर्वोत्कृष्ठ अभिनेत्रीका लागी चलचित्र ‘काली’बाट अभिनेत्री रेखा थापाले अवार्ड चुमेका छन् । चलचित्र ‘काली’बाटै निर्देशक सविर श्रेष्ठपनि सर्वोत्कृष्ठ निर्देशकमा उत्कृष्ट भए ।.jpg)
नेपाल चलचित्र प्राविधिक संघले चलचित्रहरु क्रमश : ‘धन्दा’, ‘होस्टेल’, ‘काली’, ‘साँघुरो’ र ‘मौन’लाई दोस्रो इनास अवार्डको लागि प्रतिस्पर्धामा पठाएको थियो । जसमा चलचित्र ‘साँघुरो’ बाहेक सबै चलचित्रले अवार्ड पाए । अवार्डमा सुरज भूषालद्धरा निर्देशित चलचित्र ‘मौन’ लाई वेष्ट जुरी अवार्ड दिइएको थियो ।
निर्देशक सविर श्रेष्ठ, अभिनेता अर्पण थापा, निर्मात्री दुगिर्श थापालाई भने नेदरल्यान्ड दुतावासले भिसा दिन अस्विकार गरेको थियो ।
विशाल चौतारी समाचार
काठमाडौं, १८ चैत । गत आइतवार साँझ नेदरल्यान्डमा सम्पन्न भएको दोस्रो इनास अवार्ड २०१४ खाली हलमा केही कलाकारहरुको माझमा वितरण गरिएको छ ।
.jpg)
इनास अवार्डका लागि गत साता चलचित्रकर्मीहरु क्रमश : निर शाह, उद्धव पौड्याल, अभिनेत्री निशा अधिकारी चलचित्र विकास बोर्डका प्रवत्ता अनुपम निरौला, निर्माता सुनिल रावल, राजेश घतानी लगायतको टोली त्यसतर्फ गएको थियो ।
.jpg)
इनास अवार्ड २०१४ मा सुनिल रावलको चलचित्र ‘होस्टेल’ले उत्कृष्ट अवार्डको हात पारेको छ । त्यस्तै सर्वोत्कृष्ठ अभिनेताका लागी चलचित्र ‘धन्दा’बाट अर्पण थापा र सर्वोत्कृष्ठ अभिनेत्रीका लागी चलचित्र ‘काली’बाट अभिनेत्री रेखा थापाले अवार्ड चुमेका छन् । चलचित्र ‘काली’बाटै निर्देशक सविर श्रेष्ठपनि सर्वोत्कृष्ठ निर्देशकमा उत्कृष्ट भए ।
.jpg)
नेपाल चलचित्र प्राविधिक संघले चलचित्रहरु क्रमश : ‘धन्दा’, ‘होस्टेल’, ‘काली’, ‘साँघुरो’ र ‘मौन’लाई दोस्रो इनास अवार्डको लागि प्रतिस्पर्धामा पठाएको थियो । जसमा चलचित्र ‘साँघुरो’ बाहेक सबै चलचित्रले अवार्ड पाए । अवार्डमा सुरज भूषालद्धरा निर्देशित चलचित्र ‘मौन’ लाई वेष्ट जुरी अवार्ड दिइएको थियो ।
निर्देशक सविर श्रेष्ठ, अभिनेता अर्पण थापा, निर्मात्री दुगिर्श थापालाई भने नेदरल्यान्ड दुतावासले भिसा दिन अस्विकार गरेको थियो ।
0 comments
Write Down Your Responses