‘भिमदत्त’को ट्रायल शोबाटै राम्रो प्रतिकृया
BHIMDATTA-movie
काठमाडौं, १९ बैशाख । किसान नेता मिभदत्त पन्तको जिवनीमा आधारित चलचित्र ‘भिमदत्त’ले ट्रायल शो गरेको छ । कमलपोखरीस्थित जय नेपाल हलमा आयोजना गरिएको ट्रायल (परिक्षण)शोमा चलचित्रसँग सम्बन्धित सदस्य, चलचित्रकर्मी एवं पत्रकार, तथा अन्य दर्शकहरुको उपस्थिति रहेको थियो ।.jpg)
.jpg)
चलचित्र भिमदत्तको ट्रायल शोमा सहभागी अधिकांशले राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए । भिमदत्तको पत्नीको भूमिका निभाएकी अभिनेत्री सुमिना घिमिरेको अभिनयलाई उपस्थित सबैले प्रसंशा गरेका थिए । ट्रायल शोमा चलचित्रमा भिमदत्त बनेका अभिनेता तथा चलचित्रका निर्माता नवल खड्का, अभिनेत्री सुमिना घिमिरे अभिनेत्री निशा अधिकारी लगायत अन्य कलाकारपनि उपस्थित रहेका थिए । चलचित्रको ट्रायल शो सकिएपछी पत्रकारहरुसंग कुराकानी गर्दै अभिनेता तथा निर्माता खड्काले चलचित्रलाई ट्रायल शोबाट सच्याउनु पर्ने कुनै प्रतिक्रिया नआएको बताए । भने–‘हामी यहि ट्रायल शोमा देखाएको सिनेमा नै रिलिजमा उतार्ने छौ ।’ 

चलचित्र निर्माण घोषणा ताका देखीकै चर्चामा रहेको चलचित्र ‘भिमदत्त’का निर्देशक हिमग्याप टासी भने यतिबेला अमेरिकामा रहेका छन् । अमेरीकामा रहेकाले चलचित्रको ट्रायस शोमा उपस्थित हुन नपाएपनि आफुले निर्देशन गरेको पहिलो चलचित्रले काठमाडौमापनि राम्रो प्रतिकृया पाएकोमा निकै खुसी रहेको निर्देशक टासीले अनलाइन कुराकानिमा बताए । निर्देशक टासीकै सक्रियतामा केहि साता अगाडी अमेरिकामा ‘भिमदत्त’को भव्य रेड कार्पेट तथा प्रिमियर सम्पन्न भएको थियो । त्यस्तै ओस्कार अवार्ड वितरण हलमापनि चलचित्र ‘भिमदत्त’ पोस्टर प्रर्दशनीमा राखिएको थियो । चलचित्रको नेपाल रिलिज भने तोकिएको छैन ।



0 comments
Write Down Your Responses