तमोरमा ‘पानी मिठो’
suman-shrestha-sangam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ७, बुधवार ।

सुमनको ‘पानी मीठो’ गीतको म्युजिक भिडियाको निर्देशन केदार धितालले गरेका छन् । यसअघि पनि समुनको भिडियो धितालले नै निर्देशन गरेका थिए । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा आफूलाई जमाउादै आएका धितालले ‘पानी मीठो’ गीतको भावनाअनुसार तमोर नदी र त्यस वरपर छायांकन गरिएको बताए ।
वृष म्युजिक प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका धितालले भने, ‘म्युजिक भिडियो गीतको भावनाअनुसार हुन जरुरी छ, भिडियोमा भाव समेट्न सकिएन भने खल्लो हुन्छ त्यो गीत ।’ सुमनको एल्बम ‘सुमन’ वृष म्युजिकले नै श्रोतासमक्ष ल्याएको हो । छायांकन गरिएका दुवै गीत एल्बम ‘सुमन’ कै हो । मोफसल धरानमा बसेर सांगीतिक करिअर सुरुआत गरेका सुमन पछिल्लो समय उदाउादो गायकका रूपमा चिनिन्छन् ।
0 comments
Write Down Your Responses