एक दिनमा उनको १० फोन २० एसएमएस
–मुकेश आचार्य, नायक
विशालसंग लवस्टोरी संवाद
सम्बन्ध बढ्दै जाँदा अब हामीलाई एकअर्काको अभाव महसुस हुन थालेको थियो । उनी मलाई बानी पर्न थालिछन् । नभेट्दा, फोन नगर्दा के नपुगे–नपुगेजस्तो । त्यसैले नेपाल बन्दमा पनि म जोरपाटीबाट उनलाई भेट्न पुतलीसडकसम्म आउँथे, हिँडेर । बेलुकीसम्म कुनै क्याफेमा बसेर बिताउँथ्यौँ । साँझ परेपछि उनलाई घरछेउ पुर्याएर फेरि जोरपाटीतिरै जान खुट्टा तताउँथेँ । कोठामा पुगेपछि मनमा कुराहरू खेल्थे, के मलाई उनको माया लाग्न थालेको हो रु साँच्चै मलाई उनको मायाले पोल्न थालेछ । त्यसैले एक दिन क्याफेबाट बाहिरिनासाथ मैले उनलाई प्रपोज गरेँ । उनी पनि भन्न नसकेर मात्र अड्किरहेकी रहिछन् । तुरुन्तै स्विकारिहालिन् । म मनभरि उमंग बोकेर जोरपाटीतिर हान्निएँ । त्यो दिनको उत्साहको त कुरै नगरौँ ।
धेरैचोटि सजाय भोग्थेँ म स्कुलमा । आरोप हुन्थ्यो, उनीसँग आँखा जुधाएको । जम्मा नौ कक्षामा पढ्ने बच्चाबच्चीको पारा देखेर टिचरहरूलाई उदेक लाग्दो हो । हुन पनि टिचर पढाउँदै गर्थे, हामी आँखाको भाकाले माया साटासाट गर्न थाल्थ्यौँ । उनीबाट एक छिन आँखा हटाउन मन लाग्दैनथ्यो । तर, टिचरले थाहा पाइहाल्थे, आएर झस्काइदिन्थे । आँखा त उनी पनि जुधाउँथिन्, सजाय पाउनेचाहिँ म मात्रै । प्रेममा सजाय भोग्न पाउनुमा पनि छुट्टै आनन्द पो लाग्थ्यो त † उनका अगाडि बहादुरी देखाउन पाएको अनुभूति हुन्थ्यो । चौध वर्षको थिएँ म, उनी मभन्दा पनि जेठी । साँच्चै मायामा उमेरको छेकबार हुँदो रहेनछ । एक दिन मैले उनलाई प्रेमपत्र लेखी पनि हालेँ । एक घन्टाभित्रै उनको जवाफ, म पनि तिमीलाई माया गर्छु ।
अब त के थियो, चिठीहरू आदानप्रदान हुन थालिहाले । बडो चनाखो भएर लेख्थ्यौँ हामी । अरूले पढ्दा प्रेमपत्र भन्ने थाहा पाउँदैनथे, हामी मात्रै अनुभूत गर्न सक्थ्यौँ । यो क्रम निरन्तर दुई वर्ष चल्यो । प्रेम गरे पनि हामी सामाजिक मर्यादाबाहिरचाहिँ कहिल्यै गएनौं । ट्युसन तथा बजार भर्न जाँदा संयोगले दुई जना मात्रै हुँदाका क्षण नै हाम्रालागि डेटिङ थिए । साधारण कुराकानी गरेर डेटिङ बिताउँथ्यौँ । एसएलसी सकिएपछि म थप अध्ययनका लागि काठमाडौं आएँ । उनी उतै सर्लाहीतिरै भइन् । दूरीसँगै हाम्रो प्रेम पनि बिस्तारै ओइलाउँदै गयो । हामी दुवैलाई यो धोकाजस्तो कहिल्यै लागेन । सायद, हाम्रो परिपक्व दिमागले बुझ्न थाल्यो, यो त कुरकुरे बैँसको सामान्य आकर्षण मात्रै पो हो त †
like this facebook page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
पाटन कलेज पढ्दा र सर्लाहीमा छँदाका क्षणहरूबीच आकाशजमिनको अन्तर थियो । मलाई पनि बिस्तारै यताकै लाइफ स्टाइलले तान्दै गयो । तर, गाउँबाट आएको मान्छे बिग्रनु हुँदैन, संघर्ष गरेर जीवन बनाउनुपर्छ भन्नेमा सचेत थिएँ । साथीहरू कागजको डल्लो बनाएर सँगै पढ्ने केटीहरूलाई हान्थे । केटीहरू मलाई सोझो ठान्थे । सम्झाउँथे– ‘तिमी पनि यिनीहरूको संगतमा लागेर बिग्रने भयौ, त्यसैले त्यस्ताको संगत छोड ।’
त्यहाँ मलाई मन पराउने केटी निकै रहेछन् । दुई वर्षको अन्तरालमा आएका आठवटा प्रेमपत्रले यस्तै संकेत गर्थे । तर, मैले ती कुनै पनि चिठीको जवाफ लेखिनँ । गाउँमा उनले पठाउने चिठीहरूमा जुन भावुकता हुन्थ्यो, यिनमा त्यस्तो थिएन । सोझै प्रेमप्रस्ताव गरिएका हुन्थे । हुन त यहाँको संघर्षमय जिन्दगीमा प्रेमबारे सोचेर बस्ने स्थिति पनि कहाँ थियो र रु एक महिना नपुग्दै घरबेटीलाई भाडा बुझाउनुपर्ने । पढाइसँगै भाडा जुटाउने ध्याउन्नमै बित्थे दिनहरू ।
०००
तीन वर्षअघिको एक साँझ मैले एउटी केटीलाई पहिलोचोटि म्यासेज पठाएँ– ‘म घर आइपुगेँ, तिमी नि रु’ जवाफ आयो– ‘म पनि पुगेँ, तपाईं आरामसाथ पुग्नुभयो नि होइन रु’ दोस्रो भेटमा हामीले मोबाइल नम्बर साटासाट गरेका थियौँ । पहिलोचोटि उनलाई किङ्स वेको हार्डवेयरमा देखेको थिएँ । म एक कलाकारका साथमा अर्का कलाकारलाई भेट्न त्यहाँ पुगेको थिएँ, उनी पनि आएकी रहिछन् । त्यस दिन साधारण परिचय भयो । आफूभन्दा १० वर्ष कान्छी केटी, तत्काल त्यस्तो कुनै विशेष फिलिङ थिएन । तिनै साथीहरूलाई भेट्ने प्रसंगमा संयोगवश उनीसँग चार–पाँच दिनपछि फेरि भेट भयो । लाजिम्पाटको रक एन्ड रोल रेस्टुरेन्टमा । यसपटकचाहिँ हामी नम्बर साटासाट गरेर छुट्टियौँ । पहिले म्यासेज गरेर मैले नै बाटो खोलिदिएँ ।
दुईचार दिनमै हामीबीचको म्यासेज कनेक्सन निकै बाक्लिइसकेको थियो । लेखिएका हुन्थे, खाना खायौ कि खाएनौ रु अहिले कता छौ रु कस्तो रह्यो त आजको दिन रु उनले मलाई निकै केयर गरेजस्तो लाग्न थाल्यो । अब बिस्तार फोनमा पनि कुराकानी हुन थाल्यो । अब त भेट हुन पहिलेका ती साथीहरूको आवश्यकता किन पर्यो र आफैआफै फोनमा कुरा गर्ने अनि भेटिहाल्ने । १५ दिनपछि त सिटीसेन्टरको फुडकोर्टमा हामी दुई मात्र थियौँ । फोनमा जतिसुकै चम्किए पनि प्रत्यक्ष भेट्दा त भनेजसरी खुल्न कहाँ सकियो र रु यसो हाइहेलो गरियो, बसियो । एउटा प्रसंग निकाल्यो, त्यसलाई गफका रूपमा लम्ब्याउनै धौधौ । वातावरणलाई सहज बनाउन एकअर्काको केयर गरेजसरी सुझाव दिन थाल्थ्यौँ । करिब दुई घन्टाको बसाइ त्यसै गरी बित्यो ।
सम्बन्ध बढ्दै जाँदा अब हामीलाई एकअर्काको अभाव महसुस हुन थालेको थियो । उनी मलाई बानी पर्न थालिछन् । नभेट्दा, फोन नगर्दा के नपुगे–नपुगेजस्तो । त्यसैले नेपाल बन्दमा पनि म जोरपाटीबाट उनलाई भेट्न पुतलीसडकसम्म आउँथँे, हिँडेर । बेलुकीसम्म कुनै क्याफेमा बसेर बिताउँथ्यौँ । साँझ परेपछि उनलाई घरछेउ पुर्याएर फेरि जोरपाटीतिरै जान खुट्टा तताउँथेँ । कोठामा पुगेपछि मनमा कुराहरू खेल्थे, के मलाई उनको माया लाग्न थालेको हो रु साँच्चै मलाई उनको मायाले पोल्न थालेछ । त्यसैले एक दिन क्याफेबाट बाहिरिनासाथ मैले उनलाई प्रपोज गरेँ । उनी पनि भन्न नसकेर मात्र अड्किरहेकी रहिछन् । तुरुन्तै स्विकारिहालिन् । म मनभरि उमंग बोकेर जोरपाटीतिर हान्निएँ । त्यो दिनको उत्साहको त कुरै नगरौँ ।
आफूभन्दा १० वर्ष कान्छी टिनएजरसँग माया त गाँसियो । फेरि अर्को कुराले मन पोल्न थाल्यो, उमेर अझ परिपक्व हुँदै जाँदा पछि मलाई धोका दिने पो हुन् कि † त्यसैले आपैँm सम्बन्धका सेड्युल मिलाउन थालेँ । उनले पनि विश्वाससाथ मलाई फलो गर्दै गइन् । अहिले त्यस्तो लाग्दैन । मलाई थाहा छ, अब हामी दुवै जना एकअर्काविना बाँच्न नसक्ने भइसकेका छौँ । तैपनि, कहिलेकाहीँ केटाकेटी पारा देखाइहाल्छिन् । झनक्क रिसाइदिन्छु । पछि सरी भन्दै मनाउन थाल्छिन् ।
अब चाँडै नै विवाहबन्धनमा बाँधिने तयारीमा छौँ । तर, मैले अहिलेसम्म मेरो परिवारलाई उनीबारे जानकारी गराएको छुइनँ । अब चाँडै घरमा खबर गर्छु । देउतासमानका मातापितालाई ‘कन्भिन्स’ गराउँछु । उहाँको आशीर्वादविनाको सम्बन्ध त खल्लो भइहाल्छ नि †
०००
पहिले राति जति बेला घर आए पनि हुन्थ्यो । लाइफलाई कुनै दायरामा बाँध्नुपर्दैनथ्यो । तर, प्रेममा परेपछि बुझेको छु, आफ्नो यस्तो शैलीले प्रेमिकालाई असर गर्दो रहेछ । म नबिग्रियुँ, लापरबाही नबनुँ भनेर उनी मलाई बारम्बार सम्झाइरहन्छिन् । पहिले आठ बजेअघि नै घरबाट निस्किएको हुन्थेँ, बेलुकी पनि ढिलो पुग्थेँ । अहिले त कहाँ पाइन्छ र रु छिनछिनमा फोन गरेर खबर लिइहाल्छिन् । उनी आएपछि मेरा थुप्रै नकारात्मक पक्ष आफसेआफ सुध्रिँदै गएका छन् । बुझेको छु, आफ्नो मान्छे हुुनुका महत्त्व । गल्तीहरूमा हकार्ने, कराउने मान्छे चाहिँदो रहेछ जीवनमा ।
फुर्सदको बेलामा उनलाई फिल्म देखाउन लगिहाल्छु । पहिलोचोटि आपैँmले खेलेको ‘बसमा छैन यो मन’ देखाएको थिएँ, सिडीमार्फत । कलाकारिता आपैँmमा रंगीन दुनियाँ । कहिलेकाहीँ उनी शंकाको बाण हान्छिन्, ‘के हो बाबु, फिल्म क्षेत्रमा अरू कसैसँग लभ त परेको छैन नि †’ म पनि अँत्याइदिन्छु, ‘परेको छ, एउटी राम्री हिरोइन छे ।’ उनी साँच्चिकै हो रहेछ भनेर रुन थाल्छिन् । म फकाउन थाल्छु, ‘हे लाटी कस्तो पत्याएकी त, जिस्किएर पो भनेको, खासमा तिमीबाहेक मेरो अरू कोही छैन ।’ मायामा कहिलेकाहीँ रुवाउन पनि मजा नै लाग्ने रहेछ । फकाउन पाइन्छ नि † तर, रुवाउने मानिससँग तुरुन्तै हँसाउने कलाचाहिँ हुनै पर्छ । अन्यथा रुवाउँदै नरुवाएको जाती । उनको हाँसो निकै मन पर्छ मलाई । म उनको हाँसो जस्ताको तस्तै क्यारिकेचर गरिदिन्छु । उनी मूच्र्छा परेर हाँस्न थाल्छिन् ।
उनी मैले अझै प्रगति गरेको देख्न चाहन्छिन् । भन्छिन्, ‘जस्तो पायो त्यस्तो होइन, चुज गरेर राम्रो फिल्म मात्र खेल्नुपर्छ है †’ अरू पनि थुप्रै सजेसन दिन्छिन् । तर, म त्यति खर्चालु छुइनँ, उनलाई पनि थाहा छ । मेरो कमाइप्रति उनी खुसी छिन् । केही दिनअघि बत्तीसपुतलीमा हामी साथीसाथी मिलेर क्याफे पनि खोलेका छौँ ।
अहिले हामीबीच दिनमा कम्तीमा दसचोटि फोन अनि २० वटाभन्दा बढी एसएमएस हुने गर्छ । घुम्नका लागि एकचोटि स्वयम्भू गएको थियौँ । त्यहाँको पोखरीमा क्वाइन अड्काउने खेल खेलेका थिएँ । कहिलेकाहीँ ठाकठुक पनि चल्छ । साथीभाइसँग रमाइलो गर्दा कहिलेकाहीँ यसो साधारण ड्रिङ्स पनि गरिन्छ । यो मामिलामा उनी निकै कडाइ गर्छिन् । हुन त म धेरै खाने मान्छे होइन । तैपनि, गल्ती आफ्नै भएपछि उनीसँग माफी माग्छु ।
अन्त्यमा उनलाई भन्न चाहन्छु, म सधैँ तिम्रो सिउँदोमा सिन्दूर बनेर टल्किरहेको हुनेछु । कुनै कारणवश अरू कसैकी दुलही बनिछौ भने पनि म तिम्रो पोतेको लुङमा तस्बिर बनेर झल्किरहेको हुनेछु । तर, म तिमीबाट टाढिन कहिल्यै सक्दिनँ, जन्मजन्मान्तरसम्म पनि ।
प्रस्तुति : विशाल राई

0 comments
Write Down Your Responses