• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पुर्वराजपरिवारले मतदाता नामावलीमा नाम दर्ता गराए

    २ भाद्र, काठमाडौं ।
    पूर्वराजपरिवारका सदस्यले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलको आग्रहमा निर्वाचन आयोगले छुटेका मतदाताका लागि शनिबारदेखि पुन: नाम दर्ता खुला गरेकै दिन पूर्वअधिराजकुमार धीरेन्द्र शाहका छोरीहरु पूजा राज्यलक्ष्मीदेवी शाही, शीताष्मा राज्यक्ष्मीदेवी शाही र दिलाशा राणा दम्पतीले मतदाता नामावलीमा दर्ता गराएका हुन् ।
    आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि सातदिन म्याद दिएपछि निर्वाचन कार्यालयमा भिड बढेको छ । पहिलो दिन देशभर ५ हजारभन्दा बढीले नाम दर्ता गराएको आयोगले जनाएको छ । यसअघि, असार मसान्तसम्म १ करोड २३ लाख ८ हजार ३ सय १४ ले फोटो खिचाएका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.