दिपक रायामाभिको अन्तिम चलचित्र मेरो लवस्टोरी ०६६ आजदेखि, लवफर एभरपनि
शुक्रवार १४ असार, २०७० काठमाडौ :– आज शुक्रबारबाट दर्शकले दुई नया नेपालि चलचित्र हेर्न पाउने भएका छन् । ती हुन्– लभ स्टोरी ०६६ र लभ फर एभर । अघिल्लो साता प्रर्दशनमा आएका दुई चलचित्र ढुकुटी र अप्रिल फुलले राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा यी दुई नया चलचित्रले व्यावसायिक प्रतिस्पर्धाका लागि मैदानमा उत्रन लागेका हुन् । 
लभ स्टोरी ०६६ स्वर्गीय दीपक रायमाझीले निर्देशन गरेका हुन् भने लभ फर एभर शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र हो । लभसटोरी ०६६ अभिनेता निखिल उप्रेतीले अभिनय गरेको पछिल्लो चलचित्र हो । यस चलचित्रको काम गर्दागर्दै निखिल मुम्बई छिरेका थिए । पालो प्रणाली कुरेर बसेको लभ स्टोरी ०६६ चलचित्र २०६६ मै निर्माणपनि भएको हो । स्व। दीपक रायमाझी निर्देशित महत्त्वाकांक्षी मानिएको यस चलचित्रबाट लक्ष्मी नारायण सुवाल निर्माणमा प्रवेश गरेका हुन् ।
पछिल्लो समय हिन्दी चलचित्र निर्देशनको तयारीमा रहेको समाचार सार्वजनिक गर्ने निखिल उप्रेतीको यस चलचित्रमा एक्सन स्टन्टहरु हेर्न पाईन्छ ।

चलचित्र काठमाडौ र मोफसलमा एकसाथ प्रर्दशनमा आउन लागेको हो । निखिलका अलवा अर्जुन कार्की, पूजा लामा, जय किसन बस्नेत, सञ्चिता गुरुङ लगायतकाको चलचित्रमा मुख्य भूमिका छ । मदनमान ताम्म्राकार कार्यकारी निर्माता रहेका यस चलचित्र ७० लाखभन्दा माथिको लगानीमा निर्माण भएको निर्माता सुवालले जानकारी दिएका छन् ।

0 comments
Write Down Your Responses