• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राजनितिज्ञ लोकेशको निर्माणमा अंगुरा बैभाविको गिति एल्वम भेटु भेटु लाग्छ, विमोचित (फोटो फिचर भिडियोपनि हेर्नुहोस्)

    असार २७, विहिवार काठमाडौ । गायिका अंगुरा बैभाविको प्रथम गिति एल्वम ‘भेटु भेटु लाग्छ’ आज विहिवार काठमाडौमा एक समारोहका विच विमोचन गरिएको छ । एल्वमलाई प्रमुख अतिथि तथा डाईरेक्टर, गितकार यादव खरेल, संगितकार राजु सिंह, किरण कडेल, योगेश वैध, वलदेव शर्मा मजगाई लगायतले विमोचन गरेका थिए । तस्विर : दिपेशराज थारु
    वाल्यकालदेखि नै गीत संगितमा रुचि राख्ने बताउने अंगुरा बैभवीले लामो प्रयासपछि एल्वम बजारमा ल्याएको बताईन् । कार्यक्रममा सामुहिक प्रतिनिधित्व गर्दै कार्यक्रमका प्रमुख अतिथि खरेलले एल्वमको गितहरु माथि विश्वेशणात्मक टिप्पनीपनि राखेका थिए । भने–एल्वमका गितहरु सुन्नलाई मेरो सामु आएपछि मैले ध्यान पुर्वक सुन्दा स्वर उत्कृष्ठ लागेको थियो । अझ मेहेनत गरिन् भने गायिकामा गाउन सक्ने खुवि अझबढि झल्केको यादव खरेलले बताए । नेपाल प्रज्ञा–प्रतिस्ठानमा २०४५ सालमा वरिष्ठ संगितकार अम्वर गुरुङसंग संगित विषयमा एक वर्ष अध्ययन गरेपछि मात्र गायन क्षेत्रमा लाग्ने सोच बनाएको बताईन् । गायिका अंगुराले म्युजिक नेपाल र रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्णपनि गरेकि छिन् ।

    लेखक एवम् राजनितिकर्मि लोकेश ढकालले प्रस्तुत गरेको यस एल्वममा अंगुराको एकल स्वरमा सात गित समावेश गरिएको छ । एल्वममा शक्ति बल्लभ, राजु सिंह, सुरेश अधिकारी, विजयसिंह मुनाल, किरण कडेल, स्वयम्भुराज शाक्य, तथा संञ्जिव सिंह लगायतको संगित रहेको एल्वममा दिपक कौडिन्य, लव थापा, प्रतिमा श्रेष्ठ, बलदेव शर्मा मजगैया, प्रकट पंगेनि र लोकेश ढकालको शब्द रचना रहेको छ । एल्वमलाई प्राज्ञाश्वरी रेकर्डस्ले वितरणको जिम्मा लिएको छ ।



    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.