• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • विवादमा बक्स अफिस सर्भर, नीति लागु नभए निर्माता संघ लगायतले आन्दोलनको चेतावनी दिने

    असार  २७, बिहिवार काठमाण्डौ। साउन १ गते घोषणा हुने भनिएको बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति बक्स अफिस सर्भरलाई कहा राख्ने भन्ने विवादका कारण अड्किएको छ । आज विशिवार विकास वोर्ड कार्यालयमा संघसंस्था बिचको बैठकले पनि बक्स अफिस सर्भर राख्ने स्थान बारे सहमती जुटाउन भने सकेन ।
    बक्स अफिस सर्भरलाई चलचित्र संघले आफ्नै कार्यालय विशालनगरमा राख्नु पर्ने माग गरेको छ भने चलचित्र निर्माता संघ लगायतका संस्थाले विकास वोर्डको कार्यालयमा राख्नु पर्ने जोड दिएका छन् । चलचित्र संघले सोमबारसम्म यसबारे निर्णय दिने बताएको छ । आजको बोर्ड बैठकमा सहभागी चलचित्र सम्वद्ध संघ संस्थाहरुले सो माग पुरा नभए आन्दोलनमा जाने बताइएको छ ।
    आजको बैठकमा वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता, प्रवत्ता अनुपम निर्रौला, चलचित्र निर्माता संघबाट प्रवत्ता पोखरेल र सदस्य विरेन श्रेष्ठ, चलचित्र संघबाट मधुसुदन प्रधान र गोपाल कायस्थ, बक्स अफिस मोडेल तयार गर्ने समितिका सदस्य आकाश अधिकारी लगायत सहभागी थिए । विकास वोर्ड अध्यक्ष मोरवैताले साउन १ मै बक्स अफिस, फिल्म तथा हल वर्गीकरणको नीति लागु हुने बताएका छन् । नीति लागु नभएमा निर्माता संघ लगायतले आन्दोलनको चेतावनी दिएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.