• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • राष्ट्रिय चलचित्र पुरस्कार जुरी सदश्यले निर्णय बुझायो

    आसार २६, काठमाण्डौ । राष्ट्रिय चलचित्र पुरस्कारको जुरी सदस्यले चलचित्र विकास वोर्डलाई अन्तिम निर्णय बुधवार हस्तान्तरण गरेको छ । चार सदस्सिय टोलीले आज चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैतालाई खाम बन्दी गरिएको निर्णय हस्तान्तरण गरेको हो ।

    जुरीबाट प्राप्त वर्ष ०६७, ०६८ र ०६९ का चलचित्रहरु मध्ये उत्कृष्टलाई विकास वोर्डले यसै साता सञ्चार मञ्त्रालयमा पठाउनेछ । सञ्चार र राष्ट्रपति कार्यालयसँगको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना हुनेछ । विकास वोर्ड अध्यक्ष मोरवैताले एक महिना भित्र अवार्ड आयोजना भैसक्ने जानकारी दिएका छन् ।
    राष्ट्रिय चलचित्र पुरस्कारको जुरी सदस्यमा सञ्चारकर्मी तथा चलचित्र पत्रकार संघका पुर्वधक्ष्य शान्ति प्रिय,प्रकाश सुवेदी, तपोनाथ शुक्ला र निर्देशक शैलेश आचार्य छन् । राष्ट्रिय चलचित्र पुरस्कार निश्पक्ष एवम् विवाद रहित हुने जुरीहरुको विस्वास छ। अवार्डमा जुरीहरुलृ चलचित्रको व्यापारलाई मात्र हेरेर उत्कृष्टताको मूल्याकंन नगरेको बताएका छन् । राष्ट्रिय चलचित्र अवार्डमा तीन वर्षका ८० फिल्म सहभागी छन् । छुट्टाछुट्टै बर्षका विभिन्न विधामा अवार्ड बाँडिनेछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.