• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आस्था मानन्धर भईन् मिस ग्लोबल इन्टरनेसनल २०१३

    ब्रेकर :–उपाधिसंगै आस्थाले दुई लाख नगद सहित, जापानमा यसै वर्ष आयोजना हुने मिस इन्टरनेशलन ग्लोबल–२०१३ मा नेपालको प्रतिनिधित्व गरेर भागपनि लिने अवसर पाएकि छिन् ।

    काठमाडौ । मिस ग्लोबल इन्टरनेसनल–२०१३ को उपाधि आस्था मानन्धरले जितेकी छिन् । मोडल ग्लोवल भिसाज् कन्सल्टेन्सीले आइतबार राजधानीको आर्मी अफिसर्स क्लवमा आयोजना गरेको प्रतियोगीताको फाइनलमा आस्थाले आफ्ना २७ जना प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै वेस्ट वाकसहित उपाधि जितेकी हुन् । आस्थाले शीर्ष उपाधिसंगै नगद दुई लाख र बिदेश पढ्न जानका लागि प्लेन टिकेट प्राप्त गरेकी छिन् । साथै जापानमा यसै वर्ष आयोजना हुने मिस इन्टरनेशलन ग्लोबल–२०१३ मा नेपालको प्रतिनिधित्व गरेर भागपनि लिनेछिन् ।
    फाईनल चरणमा परेका पाच प्रतिस्पर्धिहरुलाई डिआइजी नवराज सिलवालले सोधेको प्रश्न –‘महिला हिंसा कसरी न्युन गर्न सकिन्छ भन्ने प्रश्नमा, आस्थाले महिला हिसा अन्त्य गर्नका लागि हरेक परिवार सजक हुनुपर्ने जवाफ दिएर उपाधि आफ्नो पोल्टामा पारेकि थिईन् ।
    प्रतियोगीतामा उरिषा जोशीले मिस पर्सनालिटीसहित फस्ट रनरअपको उपाधि हात पार्दा सर्विना खड्काले मिस मार्केटिङ सहित सेकेन्ड रनरअपको उपाधि हात पारिन् । फस्टरनरअप र सेकेन्ड रनरअपले एअर टिकटसहित क्रमश ८० र ४० हजार रुपैया नगद पुरस्कार प्राप्त गरे । प्रतियोगीतामा सुगम बस्नेतले वेस्ट हेयर, सरिता महर्जनले वेस्ट स्कीन, आस्ना अवस्थीले वेस्ट स्माइल,संयुक्ता भट्टराईले मिस ट्यालेन्ट, रोजीना रिजालले मिस डिसिप्लीन, आरती केसीले मिस पपुलर र पुनम कुवरले मिस फोटोजेनीकको उपाधि जिते । त्यस्तै, प्रकृति शिवाकोटी मिस फ्रेण्डसीप भइन् भने मनसुन कुवर वेस्ट फिगर घोषित भइन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.