• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मान्य सदश्यको मितेरी गाउ, जिरी रुम्झाटार चर्चामा (फोटो फिचर सहित)

    १४, साउन काठमाडौ । कलाकारीताको क्षेत्रहरु गायन, अभिनय, नृत्य, तथा उद्घोषण कलामा अगाडि रहेको नाम हो वरिष्ठ कलाकार कल्याण राई । वरिष्ठ कलाकार कल्याण राईको परिचय यतिले मात्र पुरा हुन्न, नामको पछाडि रहेको नाम हो (मान्य सदश्य) । मेरी बास्सै टेलिसिरियलमा मान्य सदश्यको भुमिकाद्धरा दर्शकहरुमा लोकप्रिय भएका वरिष्ठ कलाकार राईले आफ्नो १२ एल्वम मितेरी गाउ, जिरी रुम्जाटार बजारमा ल्याएका छन् । एल्वमका गितहरु स्वर, संगित र शब्द रहेको छ, भने रामदेवि गुरुङ, टिका शेर्पा, सरला राई र राजेन्द्र स्याङ्बोको स्वर समावेश गरिएको छ । 
     
    ‘गाउघरलाई छोडेर गईहाल्यो,
    आजकल पराई विरानो भईहाल्यो  
    जिरीमालि गाउ
    सरर मोटर संगसंगै जाउ
    प्ढाई लेखाई आधुनिक पारा
    जागिर खाई बस्या छु सहर
    घुमिफिरी रुम्झाटार
    सम्झनामा आउछ बारम्वार’

    हामै लेक बेसि डाडापाखा पखेरीमा गुञ्जिेने भाकाहरु एल्वम मितेरी गाउ, जिरी रुम्झाटारमा समावशे गरिएको छ । उडन्ते फिरन्ते गित संगित नभई आफ्नै मौलिक पहिचान सहितको लोक संगितहरु सृजना हुनुपर्छ भन्ने मान्यता कल्याण राईको रहेको छ ।
    विगत १७ वर्ष मकवानपुर सिम भञ्ज्याङ बसिफाट माविमा शिक्षण पेषामा आवद्ध राईले अहिले सम्म गायका गितहरु चर्चा र गाउबेसिहरुको भाका झल्किएको पाईन्छ । यो एल्वम भन्दा अगाडि आएको गितहरु बेसि सालघारी, हमिाल चुली, बर्खे भाका, हाम्रै रुम्झाटार र अहिले बजारमा आएको एल्वमको गिता जिरी मालि गाउ चर्चा र अजम्वरि गितहरु रहेको छ ।
    केहि समय अगाडि एनसेलको विज्ञापनमा अलनेपाल छाएका वरिष्ठ कलाकार राईले गितसंगितमा संर्घस गरेका दिनहरु सम्झिए, आफ्ना ३–४ ओटा एल्वम निकाल्दा सम्मपनि धेरैभन्दा धेरै दुखहरु गरेर निकालेको बताए । राईले भने ‘–त्यसबेला दुखमापनि गित संगितलाई निरन्तरता दिए र अहिले त्यो निरन्तरता सफल सावित भएको छ । र अहिलेपनि निरन्तरताको क्रम जारी नै छ । मेरो सास रहुञ्जेल मेरो गित संगित तथा कलाकारीतामा निरन्तरता रहेको छ ।’
    टेलिसिरियल मेरीबास्सैमा मान्य सदश्यको भुमिका भन्दा अगाडि करिव १७ ओटा टेलिसिरियलहरुमा राईले काम गरिसकेका छन् । अहिले वरिष्ठ कलाकार कल्याण राई ठुलो पर्दाको चलचित्रहरु नमस्ते, करामत, तिम्रो साथ नामक चलचित्रहरु रिलिजको क्रममा रहेको छ । आर्ट डाईरेक्टरमापनि अव्वल मानिएका राई पछिल्लो समयमा चलचित्रको स्कृप्ट लेख्नमापनि व्यास्त रहेका छन् । ०६९ सालमा प्रहरी सिरीयल दशैको स्कृप्ट छनौटमा परेपछि राई स्कृप्ट लेखनमा सकृय रहेका हुन् ।  

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.