• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘कोलिफम’ मिसिएको दुषित पानी खादै सर्वसाधारण

    सरोकारवाला निकायद्धारा खानेपानीको अनुगमन

    साउन ९,  उदयपुर । त्रियुगा नगरपालिका क्षेत्र भित्रका खानेपानी, सरसफाईका सेवा प्रदायक संस्थाहरुले दिएका सुविधाको बुधवार अनुगमन गरिएको छ । नागरिक सरोकार मञ्च उदयपुरको आयोजनामा जिल्लाका विभिन्न सरोकारवाला निकाय, सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलिले सुविधाको अनुगमन गरेको हो ।

        अनुगमनका क्रममा टोलिले जलजले खानेपानी उपभोक्ता समितिले वितरण गरेको खानेपानीमा (दिसामा हुने जिवाणु) कोलिफम मिसिएको पानी भेटिएको नागरिक सरोकार मञ्च उदयपुरका अध्यक्ष लालसेर राईले बताए । २०५४ सालमा नेपाल सरकार र जिल्ला विकास समितिको लगानिमा निर्माण भएको उक्त योजनाको एक महिना आगाडि मञ्चको अगुवाईमा उद्योग बाणिज्य संघको ल्याव विराटनगरमा परिक्षण गरिएको थियो । आयोजनाको एक सए एक प्वइन्टमा गरिएको परिक्षणमा स्वास्थ्यकोलागि हानिकारण जिवाणु कोलिफल पाईएको र उक्त पानी खादा मानीसमा आउ, झाडापखाला, हैजा जस्ता रोग लाग्ने भएकाले सजग रहन उपभोक्ताहरुलाई सुझाव दिईएको छ ।
        पानीखादा फिल्टर वा सोडिस गरेरमात्र पानी खानुपर्ने अध्यक्ष  राईको सुझाव थियो । यस्तैगरी आ–आफ्नो घरमा प्रयोग गरिने पानी सुद्धिकरण गर्न सवैमा चेतना आवश्यकता रहेको सहभागिहरुले बताएका छन् । पानीमा सुद्धिकरण नभए बढ्दो  जलवायु परिवर्तन साग मानिसमा महामारि फैलन सक्ने भएकाले चूनौतियुक्त पानी खान नहुने उनीहरुले बताएका छन् । यस्तैगरी शहरी वातावरण व्यवस्थापन समाज (यूम्स) नेपालको आयोजनामा सञ्चालन गरिएका त्रियुगा नगरपालिका ११ का दुईवटा खानेपानी आयोजनाको समेत अनुगमन गरिएको छ ।  
        युम्सले त्रिनपा ११ लालपत्ता टोल विकास संस्थामा खानेपानी आयोजना सञ्चालन गरेको छ । त्रियुगा नगरपालिकाको ३ लाख, यूम्सको ४ लाख ५१ हजार ५ सय र स्थानीय जनश्रमदान गरेर आयोजना निर्माण सम्पन्न गरेको छ । खोला किनारामा ईनार निर्माण गरि मोटरको सहायताले गाउ सम्म पानी पुर्‍याईएको छ । उक्त आयोजनाबाट स्थानीय २३ घरधुरी लाभान्वित भएका छन् । टोलीले रानाचौरी खानेपानी आयोजनकोपनि अनुगमन गरेको छ । उक्त आयोजनाहरुमापनि केहि मात्रामा पानीमा कोलिफम मिसिएको हुन सक्ने भएकाले पानी खादा साधै पिल्टर, सोडिस वा तताएर मात्र खान सर्वसाधारणहरुलाई सजग गराईएको छ ।
        कार्यक्रममा स्थानीय विकास मञ्चका राम वस्नेत, जिल्ला विकास सममितिका प्रतिनिधि, खानेपानी सरसफाई डिभिजनका प्रतिनिधि, पञ्चावती ग्रामिण विकास मञ्चका चण्डेश्वर श्रेष्ठ, युम्स नेपालका मुकेश भट्टराई, नगरपालिकाका सह लेखापाल अम्बिका प्रसाद धमला, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.