• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फोनिजका कोषाध्क्ष तथा नयाँ पत्रिकका सम्वाददाता टेकराज थामिमाथि प्रहरीको दुव्याबहार


    ११ साउन, काठमाडौ । नेपाल आदिवासी जनाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय कोषाध्य तथा नया पत्रिकाका सम्वाददाता टेकराज थामीलाई विना कारणा प्रहरीले दुई घण्टा नियन्त्रणामा लिई छाडेको छ । साउन १० गते बेलुका घर र्फकने क्रममा महानगरीय प्रहरी वृत्त, नया बानेश्वरले थामिलाई नियन्त्रणामा लिएको हो ।

    विना कारणा प्रहरीले गरेको व्यवहारप्रति सामान्य जिज्ञासा राख्दा प्रहरीले ज्यादतीपूर्णा ढंगले नियन्त्रणामा लिने, हत्कडी लगाउने, मापसे नै नगरेका व्यत्तिलाई स्वास्थ्य परीक्षणाको नाममा रकम असुलेको घटनाप्रति गम्भीर ध्यानाकर्षणा भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रेस विज्ञप्ती जारी गरेको छ । नया पत्रिकाको कार्यालयबाट घर जादै गर्दा तीनकुनेमा प्रहरी चेकिङमा मोटरसाइकलको लाइसेन्स र बिलबुक मागि सो कागजात दिएपछि प्रहरीले दुई घण्टासम्म नियन्त्रणामा लिई तीनकुनेस्थीत प्रहरी बृत्तमा राखी स्वास्थ्य परीक्षणाको नाममा पैसा तिर्न लगाएको फोनिजका कोषाध्यक्ष तथा पत्रकार थामीले बताए ।
    ‘आफू पत्रकार भएको बताउदा पनि डीएसपी भीम ढकालको निर्देशनमा असईले हत्कडी लगाएर नियन्त्रणामा राखी अमानवीय र दुव्र्यवहार गरेको कोषाध्यक्ष थामीले बताए । प्रहरीले गरेको अमानविय ब्यबहार र ज्यादतीपूर्णा दुव्र्यवहारप्रति फोनिज घोर आपत्ति र भत्रसना गर्दछ, विज्ञप्तीमा भनिएको छ ।’

    अपराधसम्वन्धी समाचार लेख्ने पत्रकार थामीलाई विनाकारणा प्रहरीले नियन्त्रणामा लिने कार्यको घोर निन्दा गर्दै घटनाको तत्काल छानविन गरी ज्यादती गर्ने र गर्न आदेश दिने प्रहरी अधिकृतलाई तत्काल कारवाही गरी पत्रकार थामीमाथि परेको मानसिक पीडाको क्षतिपूति उपलव्ध गराउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले जोडदार माग गरेको छ ।

    यसैवीच फोनिज अध्यक्ष डण्ड गुरुङले प्रहरी महानिरिक्षक कुबेरसिंह रानालाई भेटी ज्ञापनपत्र बुझाउदै घटनाका दोषिउपर कार्बाहीको माग गरेका छन् । प्रहरीले ज्यादतीपूर्णा ढंगले नियन्त्रणामा लिने, हत्कडी लगाउने, मापसे नै नगरेका व्यक्तिलाई स्वास्थ्य परीक्षणाको नाममा रकम असुल्ने काम गरेकोप्रति फोनिजको गम्भिर यानाकर्षणा भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘प्रहरीले गरेको ज्यादतीपूर्णा दुव्र्यवहारप्रति फोनिज घोर आपत्ति र भत्रसना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
    ज्ञापनपत्र बुझ्दै महानिरिक्षक रानाले उक्त घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउने बताए । पत्रकार थामीमाथी भएको दुब्यबहारप्रति प्रहरी संगठनको तर्फबाट क्षमायाचना गर्दै महानिरिक्षक राणााले घटनामा संलग्न दोषीलाई कार्बाही गर्ने बताए । (अनलाईनखबर साभार)

    My Blogger Tricks
    blogger

    1 comments

    मेरो समस्यलाई आफ्नै समस्या सम्झेरा साथ दिनुहुने सवै प्रति म आभारि छु । तपाईहरुको गुण तिर्न सकौला, नसकौला तर सवैले म प्रति देखाउनु भएको अगाध मायाले मलाई थप जिम्मेवार बनाएको छ । म प्रण गर्दछु, मलाई दिनु भएको तपाईको ग¥हौ माया खेरा दिने छैन । सम्हालेर राख्ने छु ।

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.