• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सञ्चारमन्त्रीले भने –‘सञ्चार क्षेत्रलाई समावेशी बनाउन सरकारसंग पहल गर्छु’

    राजेश राई सहित दुईजनालाई पुरस्कार सहित सम्मान 
    जुली गुरुङ
    काठमाडौं २७ साउन । 
    सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सञ्चार क्षेत्रमा समावेशीका मुद्दालाई नीतिगत र संस्थागत रुपमा ब्यबस्था गरिने बताए । सरकारले सञ्चार क्षेत्रलाई समाबेशी बनाउने कार्यलाई महत्वकासाथ हेरेको पौडेलले बताए । मन्त्रि पौडेलले समावेशीका मुद्दामा सरकार कहिल्यै पछि नहट्ने स्पष्ट पारे । आईतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १४ औं स्थापना दिवसको अवसरमा मन्त्री पौडेलले उच्चस्तरिय मिडिया आयोगले दिएको प्रतिवेदनलाई छिट्ट्टै सार्बजनिक गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । ‘प्रतिवेदन अध्ययन गरी छिट्टै सार्बजनिक गर्नेछौं,’ पौडेलले बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउालेले पत्रकार महासंघलाई समावेशी र ब्याबसायिक बनाउने प्रतिबद्धता ब्यक्त गरे । ‘नेपाल पत्रकार महासंघलाई समावेशी र ब्याबसायिक बनाउने विषयलाई हामीले गम्भिर रुपमा लिएका छौं,’ गाउलेले बताए । उनले उच्चस्तरिय मिडिया आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघले अग्रणी भुमीका निवार्ह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले नेपाल पत्रकार महासंघ समावेशी हुनुपर्ने बताए । ‘नेपाल पत्रकार महासंघ समावेशी हुनुपर्छ, समाबेशी नबनाईए आदिवासी जनजाति पत्रकारहरु चुप लागेर बस्ने छैनन्’, अध्यक्ष गुरुङले भने । उनले पत्रकार महासंघलाई समाबेशी बनाउने आन्दोलनमा लाग्न सम्पुर्ण आदिवासी जनजाती पत्रकारहरुलाई आग्रहपनि गरे ।
    पुरस्कार वितरण (उद्घोष : संयोजक पुरस्कार छनौट समिति)
    १. राजेश राई (छापा विधातर्फ)
    २. सिल्भिया राजोपाध्याय (रेडियो विधातर्फ)
    ३. दशरथ राई (टेलिभिजन विधातर्फ)
    कार्यक्रममा उपस्थित आदिवासी जनजाति पत्रकारहरुले समावेशी सञ्चार नीतिको माग गर्दै उच्चस्तरय मिडिया आयोगले दिएको प्रतिवेदन यथाशिघ्र सार्बजनिक गरि कार्यान्वय गर्न माग गरेका थिए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ र नेपाल प्रेस यूनियनका पदाधिकारीहरुले फोनिजको मागका सम्बन्धमा संस्थागत एैक्यबद्धता जनाए । उनीहरुले पत्रकार महासंघलाई समाबेशी बनाउने आन्दोलनमा साथ र सहयोग रहने बताए । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिका मुद्दालाई उठाउन जनजाति पत्रकारहरुको कलम निरन्तर चलिरहनुपर्ने बताए ।
     कार्यक्रममा फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङ, राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष शान्ति जिरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार विजेतालाई पुरस्कार वितरण, सय अंङ्क पुगेका मातृभाषाका डेढ दर्जन छापा पत्रिकालाई सम्मान गर्नुका साथै राष्ट्रिय संचार माध्यममा आदिवासी जनजाति सम्पादक र फोनिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
     नेपाल आदिवासी जनजाति पत्रकार महासंघको १४ औं स्थापना दिवसका अवसरमा  राजधानीको भृकुटीमण्डपबाट शुरु गरेको प्रभातफेरी प्रदर्शनीमार्ग, पुतलीसडक हुादै कार्यक्रमस्थल प्रज्ञा भवन पुगेको थियो ।


    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.