• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रतिभा प्रदर्शनमा उत्रिएका लिटिल आइडलले केके प्रतिभा देखाए ?

    काठमाडौं : एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस लिटिल आइडल २०१३ को अन्तिम प्रतिष्पर्धाका उत्रिएका प्रतियोगीले राजधानीमा आआफ्नो प्रतिभा प्रस्तुत गरेका छन । मिस ट्यालेन्ट उपाधीका लागि भएको प्रतिष्पर्धामा प्रतियोगीले नृत्य, गीत, खेल, बाद्यबादन, विचार अभिव्यत्ती, अभिनय, चित्रकला, कविता वाचन, हेन्डीक्राफ्टलगायतका विभिन्न माध्यमबाट आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।

    चौधरी ग्रुपको गुणस्तरीय उत्पादन डेलिसियस विस्कुटको शिर्ष प्रायोजनमा भएको लिटिल आइडलको ट्यालेन्ट राउन्डमा गीतकार एवं शिक्षाविद डा. रामविक्रम सिजापती, कलेज अफ फिल्म स्टडीजका संस्थापक प्रिन्सिपल नरेन्द्र खड्का, मिस मंगोल २०१२ सपना रोकामगर, चर्चित गायक आनन्द कार्की, मोडेल रञ्जन रिजाल, मिस मंगोल २०१३ की सेकेन्ड रनरअप सोनु श्रेष्ठ र मिस लिटिल आइडल २००९ सविना मगर सम्मिलित निर्णायक मन्डल रहेको थियो ।

    उपत्यकाका २० विद्यालयका ३३ बालिका प्रतियोगीताको अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन। जसमा तेन्जिङ छोडेन सेर्पा, सन्ध्या आले, योजना गुरुङ, लिजा कटवाल, सुमिना लामा, इशिका बुढाथोकी, समिक्षा भुजेल, प्राथना दर्शनधारी, माही भन्डारी, सृष्टि मल्ल, विपाशा मगर, प्रज्ञालक्ष्मी बमजन, मनिका घिमिरे, सुनयना दाहाल, प्रजिना सुवेदी, समिक्षा नेउपाने, सृष्टि श्रेष्ठ छन । त्यसैगरी प्रतियोगीतामा निस्था जोशी, रोजा मारिया लामा, अञ्जली तामाङ, आश्रिया तुलाधर, दिपिका श्रेष्ठ, निभा थापा, चाादनी श्रेष्ठ, कमला लामा, नुमा हाङमा लावती, इम्मी श्रेष्ठ, छिरिङ डिकी लामा, प्रनिता ओडारी, याङछोक्ला सेर्पा, सिमरन थापा, निमा डोल्ला सेर्पा र आयष्मा कायस्थ रहेका छन।
    प्रतियोगितामा शिर्ष उपाधी मिस लिटिल आइडलका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस फ्रेन्डसिप, मिस डिस्सिप्लिनलगायतका एकदर्जन उपाधी प्रदान गरिनेछ। प्रशिक्षणको अन्तिम चरणमा रहेको प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा साउन २६गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने छ। यसअघि गरिमा ज्ञवाली, डेचेन लामा, सगुन भेटवाल र सविना मगरल शिर्ष उपाधी चुमिसकेका छन । 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.