• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘एउटा साथि’ को शुभ मुर्हतमा अभिनेता भुवन केसिको न्वारान @ ‘रोमान्स किङ’

    ‘नाम रोमान्स किङ राखिदा नाम अनुसारको रोमान्स पुर्ण काम गर्न गाह्रो पो पर्ने हो कि ’
    बिशाल चौतारी डटकम सम्बाददाता 
    ३१, साउन, काठमाडौ । 
    रंग पत्रकार तथा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदिले निर्देशन गर्न लागेको चलचित्र ‘एउटा साथि’ को आज साउन ३१ गते काठमाडौ मलको ग्यालेक्सि पार्टि प्यालेसमा शुभ मुर्हत गरिएको छ । चलचित्रको शुभ मुर्हत अभिनेत्री रेखा थापा, दिपाश्री निरौला, हर्सिका श्रेष्ठ  लगायतले गरेका थिए ।
    कार्यक्रमको विचमा अभिनेता भुवन केसिलाई चलचित्र एउटा साथि युनिटले रोमान्स किङ नाम न्वारान गरिदिएको छ । कलाकार संघका अध्यक्ष नवल खड्का, निर्माता संघका अध्यक्ष राजकुमार राई, निवर्तमान कलाकार संघका अध्यक्ष रमेश बुढाथोकि लगायतले खादा ओढाएर सो उप–नामलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अभिनेता भुवन केसिले आफ्नो नाम रोमान्स किङ राखिदा नाम अनुसारको रोमान्स पुर्ण काम गर्न गाह्रो पो पर्ने हो कि भन्दै केसिले सो नामलाई सार्थक तुल्याउन आफु त्यस्तै किसिमका चलचित्रहरु निर्माण गर्ने बताए ।

    सलोन फिल्मस् प्रा.लि. को प्रस्तुति तथा शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रममा नेपालि चलचित्र क्षेत्रका धेरै कलाकारहरु उपस्थित रहेका थिए । शुभ मुर्हत कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुवेदिले चलचित्रलाई बढिभन्दा बढि मनोरञ्जनात्मक बनाउने कौसिस गर्ने बताए ।
    शुभ मुर्हत कार्यक्रममा बोल्दै, कलाकार संघका अध्यक्ष, नलव खड्का (भिमद्धत्त) ले शुभकामना संगै चलचित्र राम्रो बन्नेमा आसा रहेको बताए । भने–‘रंग पत्रकारीतामा चलचित्र क्षेत्रलाई नजिकबाट नियालि रहेका पत्रकार लक्ष्मण सुवेदिले निर्देशन गर्न लाग्नु भएको चलचित्र वास्तवमै राम्रौ बन्नेछ ।’ त्यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रको शुभ मुर्हत हासिलो र चलचित्र हलमा लाग्दा चाहि रुन पर्ने परम्परालाई तोड्ने किसिमको चलचित्र बनाउन सुझाव दिदै चलचित्रका युनिटलाई शुभकामना दिएका थिए । भने चलचित्र पत्रकार संघका अध्यक्ष विधुर गिरीले चलचित्र पत्रकारीतामा जस्तै सक्षम निर्देशक बन्न शुभकाना दिए । भने–‘ चलचित्र पत्रकार संघलाईपनि सम्झदै फिल्मलाई राम्रो निर्देशन गर्न सुझाव दिए । त्यस्तै कार्यक्रममा प्राविधिक संघका अध्यक्ष, दन्द कलाकार संघका अध्यक्ष, अभिनेता भुवन केसि, अभिनेता रमित ढुंगाना, अभिनेत्री रेखा थापा, अभिनेत्री सुमिना घिमिरे, अभिनेता निरज बराल, लगायत अन्य धेरै कलाकारहरुले चलचित्र युनिटलाई सुभकामना दिएका थिए । कार्यक्रममा चलचित्रको गितहरुपनि प्रस्तुत गरिएको थियो ।

    चलचित्रमा राजेन्द्र खड्किको दन्द, कथा पटकथा संवाद सुशील पंगेनी, नृत्य गम्भिर विष्ट, संगित टंक बुढाथोकि, छायाकन सौरभ लामाले गर्ने भएका छन् । भने चलचित्रमा कलाकारहरु सलोन बस्नेत, जोन तामाङ, रिस्ता बस्नेत, शिशिर भण्डारी, सपना लामीछाने, रोमा न्यौपाने तथा राम गौतम रहेका छन् । नया प्रस्तुतिमा कलाकार करिश्मा श्रेष्ठ र विशेष भुमिकामा सुमिना घिमिरे र साथमा नारायण पुरी रहने छन् । चलचित्र युनिट भदौ दोस्रो साता देखि छायाकनमा जाने बताइएको छ । भने चलचित्रको छायाकन काठमाडौ, पोखरा र जोमसोम हुने बताइएको छ ।



    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.