• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • खोटाङमा ४ वर्षिया बालिका बलात्कृत

    ३१, साउन खोटाङ । नएक अपरिचित व्याक्तिबाट खोटाङमा एक बालिका बलात्कृत भएकी छिन् । राखाबाङदेल–९ की विश्वकर्मा थरकी ४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
    घरमा कोही नभएको समयमा दिउसो करिब ३ बजेतिर बालिका बलात्कृत भएको आफन्तले जनाएका छन् । केटाकेटीमात्र छाडेर साहुकोमा पर्म तिर्न गएको समयमा सँगै खेलिरहेका अन्य बालबालिकालाई लखेटेर आफ्ना ४ वर्षीया छोरीमाथि बलात्कार गरेको पीडित बालिकाकी आमाले बताईन् । पिडितकि आमाले भनिन् ‘आफ्ना तीन छोरीलाई घरमा छाडेर साहुको पर्म तिर्न गएकी थिएँ, आउँदा रगतपच्छे भएकी रहिछिन् ।’ छोरीको संवेदनशिल अंगबाट रगत बगिरहेको देखेपछि बलात्कृत भएको थाहाँ पाएको आमाले बताईन् । आफ्नो छोरी बलात्कृत भएको थाहा पाएपछि बलात्कृत बालिकाकी आमा छारीसँगै कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय आएका थिए । पिडित परिवारले तत्काल दोषी पत्ता लगाइ कानूनी कारबाही र पीडित बालिकालाई औषधिउपचारको व्यवस्था गराइ पाउँ भन्दै प्रहरी समक्ष निवेदन दिएकि थिईन् । निवेदन परेसँगै बलात्कारीको खोजी कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताए ।
    पछिल्लो समय जिल्लामा साउन महिनामा मात्र तीनवटा बलात्कारको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिए । उनका अनुसार दुई जनालाई तत्काल पक्राउगरि जबरजस्ती करणी अन्तर्गतको मुद्धा चलाइएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.