• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • १७४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा एनएफपिजेले कार्यक्रम गर्‍यो

    ३, भाद्र, काठमाडौ । 
    १७४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा आईतबार राष्ट्रिय फोटोपत्रकार समूह लउउव ले कार्यक्रम गरि मनाएको छ । लउउव द्धारा आयोजना गरिएको प्रभात फेरी कार्यक्रममा पूर्व अध्यक्ष विकास रौनियार, मिन रत्न बज्रचार्य, फोटो प्रशिक्षक शरद राई लगाएतले बिश्व फोटोग्राफी सम्बन्धी मन्तव्य व्यक्त गर्नुका साथै विश्व फाटोग्राफी दिवस निरन्तर मनाएकोमा राष्ट्रिय फोटो पत्रकार समूहलाई धन्यवाद दिएका थिए ।
    सोही अवसरमा समूहका अध्यक्ष कविन्द्रमान शाक्यले फ्रान्स सरकारले सन १८३९ अगष्ट १९ विश्वका लागि फ्री टु द ओल्ड घोषणा गरेको दिनलाई विश्व फोटोग्राफी दिवस भएको प्रस्टयाउनुका साथै फोटो पत्रकारहरुलाई एक जुट भएर अगाडि बढ्नु पर्ने पनि बताए । अध्यक्षको मन्तव्य पछि उक्त कार्यक्रममा सहभागी भएका करिव ८० जना फोटो पत्रकार र फोटोग्राफरहरुले राम्रो दृष्टि नै राम्रो फोटो ग्राफी भन्ने नारा लेखिएको व्यानर लिएर बसन्तपुर देखि हनुमान ढोका, मख्खन हुदै जुद्ध सालिकबाट पुन बसन्तपुरमा गएर कार्यक्रमको समापन गरिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.