• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • बजुरामा दलितखलियाहरु अधिकारका लागि एकजुट

    ७ असोज, बाजुरा । बाजुरा जिल्लामा पुर्खौदेखि दमन, शोषण र विभेदका कारण अन्यायमा परेका दलित खलियाहरु अधिकारका लागि एकजुट भएका छन् । देश छुवाछुत मुक्त राष्ट्र घोषणा भइसक्दा पनि अझै अन्यायमा बाँच्नु परेको भन्दै खलियाहरु अधिकारका लागि एक जुट बनेका हुन् । खलियाहरले दलित हुँदाको पीडा पुर्खौदेखि भोग्नु परेको भन्दै अब त्यसको अन्त्यका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने मागसहित एक जुट भएको बताए ।


    आफ्नो अधिकार सुनिश्चित गर्नका लागि जिल्ला खलिया समाजले जिल्लाका उत्तरी भेगका ११ गाविसमा आफ्ना समूहहरु निर्माण गरी कार्यक्रम विस्तार गरेका छन् । राज्यले हलियाका सवाललाई मात्र प्रथमिकता दिएको र आफ्ना सवाललाई वास्ता नगरेको भन्दै उनिहरुले जिल्लाको कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । पेशाका आधारमा आफूहरले माथिल्लो वर्ग भनिनेहरबाट वर्षौदेखि अन्याय र दमन शोषणको जीवन बिताउनु परेको खलियाहरले गुनासो गरेका छन् । उनीहरले कामको उचित ज्याला दिने प्रथाको विकासका लागि जिल्लामा रहेका सम्पूर्ण दलित खलियाहर एकै सञ्जालमा आबद्ध हुने बताएका छन् । हलिया अधिकारका नाममा दलित भित्रै पनि विक र दमाईंबीचमा विभेद देखाई वास्तविक हलिया र पीडितको पहिचान नभएको गुनासोसमेत उनीहरले गरेका छन् । उनीहरले कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरी खलियाहरलाई पनि राज्यले विशेष आरक्षको व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने भएका छन् ।
    खलिया समाजका अध्यक्ष प्रतापे औजी, उपाध्यक्ष धनबहादुर नेपाली महासचिव प्रेम नेपालीलगायतका खलियाहरको टोली गाउँघर भेटघाट कार्यक्रममा  जुटी रहेका छन् ।  खलियाहरले आफ्ना सवालहरलाई आउँदो गाउँ परिषद्बाट पास गदैअघि बढाउने लक्ष्यका साथ हिँडिरहेको खलिया समाजका उपाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । जिल्लामा अन्य जातिका त कुरै छोढौँ अझै दलित दलितबीचमा पनि छुवाछुत कार्यमै रहेको खलियाहरको गुनासो छ । खलियाहरलाई विकहरले दमाईं, वादीलगायतका जातिलाई समेत विभेद गर्ने गरेको खलिया समाजका अध्यक्ष प्रतापे आजीले बताएका छन् । उनले भने यो प्रथालाई अन्त्य गर्नाका लागि आफूहरले गाउँ–गाउँमा आफ्ना समूह विस्तार गरी जिल्ला स्तरीय खलिया समाजसमेत निर्माण गरी सकेको र जिल्ला प्रशासन कार्यालय बाजुरामा समेत विधिवद रुपमा दर्ता गरिसकेको बताएका छन् । खलियाहर जिल्लाका सबै गाविसमा साहुहरको काम गरेर माना पाथी गरेर जिवन गुजार गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी खलियाहर जुकोट, बाई, कोटिला, बाधु, गोत्रीलगायतका गविसमा रहेका छन् । उनीहरु आफ्नो जीवन गुजाराका लागि रिथी(साहु)का कपडा सिलाउने, फलामका भाडाँकुडा बनाउने हलोफाली, डोकाडाला माटाका भाँडालगायत विभिन्न सामानहर बनाएर वर्षको एकपटक मात्र खलोमाग्ने गर्दछन् । उनीहरले वर्षभरी गरेको कामअनुसार खलो नपाउने गरेको हुँदा  आफ्ना बालबच्चासमेत पाल्न समस्या भइरहेको समेत उनीहरुको गुनासो छ । गाउँमा दु :खदाई जीवन चलाई रहेका खलियाहरु आफ्नो सबै जिम्मा राज्यले लिनुपर्ने सुझाब दिन्छन् ।  जिल्लामा दलितअधिकारका लागि विभिन्न सरकारी तथा गैरसरकार संसस्थाहरले काम गरे पनि खलियाहरका सवालमा कुनै चासो नदेखाएको उनीहरको गुनासो छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.