• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लुटका निर्देशक निश्चलको दास्रो फिल्ममा सौगात आउट दयाहाङ संगै

    २ असोज, काठमाडौ । नेपालि चलचित्र जगतमा छुट्टै स्थान बनाएको ब्लकबस्टर चलचित्र ‘लुट’ निर्देशक निश्चल बस्नेत करिब दुई वर्ष पछि नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । निश्चलले आफ्नो दोस्रो प्रोजेक्ट ‘टलक जंग भर्सेज टुल्के’का मुख्य कलाकार चयन गरेका छन् । तर चलचित्र बजारमा चर्चा र अनुमान गरिए जस्तो निश्चलले अभिनेता सौगात मल्ललाई यस चलचित्रमा दोहोर्‍याएनन् । उनको ठाउँमा ‘साँघुरो’ अभिनेता सुशांक मैनालीलाई लिएका छन् ।सौगात हाल ‘उत्सब’को सुटिङमा व्यस्त भएकोले उनलाई नलिइएको बताइएको छ । सौगातलाई साथ नलिए पनि निश्चलले ‘लुट’का अर्का अभिनेता दयाहाङ राईलाई भने छोडेका छैनन् । सुशांक र दयाहाङसँगै खगेन्द्र लामिछाने, ऋचा शर्मा, रविन्द्र सिंह बाँनिया, रजनी गुरुङ, प्रकाश घिमिरेलगाएतका कलाकार पनि मुख्य भूमिकामा फाइनल भएका छन् । निश्चलले ऋचालाई अडिसन लिएरै सेलेक्ट गरेका हुन् । ब्ल्याक हर्स पिक्चर्स र षट्कोण आर्टस्ले संयुक्त रुपमा निर्माण गर्न थालेको चलचित्र ‘टलक जंग भर्सेज टुल्के’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । जेशन कुवँरको ब्याकग्राउन्ड म्यूजिक रहने चलचित्रमा अष्ट महर्जनको एक्सन रहने छ । कस्टुम स्टाईल निलिमा शर्माले गर्ने भएकी छिन् । फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र ‘टलक जंग भर्सेज टुल्के’ असोज देखि ५ गते फ्लोरमा जाँदैछ । पहिलो चरणको सुटिङ पोखरा नजिकैको धिताल गाउँमा हुने भएको छ । चलचित्रमार्फत निश्चलले गुमेको पहिचान पुनस्थापित गर्न संघर्षरत पात्रको कथा भन्नेछन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.