• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दसैको टिकाको साईतमा पुर्वराजा पारस कान्छि भित्राउने प्रयासमा

    ७ असोज, काठमाडौ । पूर्वयुवराज्ञी हिमानी यतिबेला थाइल्याण्डको मनोरम पहाडी शहर चाङमाईमा छिन् । पति पारससँग अन्तिम बिन्तिभाउ बिसाउन उनी त्यहाँ पुगेकी हुन् । त्यसरी थाइल्याण्ड नै पुगेर हिमानीले बिन्ती बिसाइरहेको विषय हो, पारिवारिक सम्बन्धको ।
    पूर्वराजा ज्ञानेन्द्रलाई मात्रै यो कुरा थाहा थियो, दशै मान्न देश फर्कने छोरा एक्लै फर्कने छैनन्, ‘कान्छी महारानी’ पनि साथमै ल्याउने तयारीमा छन् । तर,‘कान्छी’ लिएर आउनेबारे ज्ञानेन्द्रले ‘हुन्छ र हुन्न’ केही भनेका छैनन् । पारससँग प्रेमीका साथमा रहेको हिमानीले राम्रोसँग पत्तो पाएपनि ल्याइहाल्ने विश्वास गरेकी थिइनन् । तर, गतसाता ससुरा ज्ञानेन्द्रले खुलस्तै बताइदिए कि, पारस थाइ युवतीसहित दशैमा घर आउँदैछन् र साइतकै टिकोटालो लाएर उनलाई भित्रयाउनु पर्ने भयो । मुटुको रोगीलाई तनाब पुग्ने गरी कुनै दबाब दिन नमिल्ने, त्यसपछि अम्मल त्यागे पनि ‘झसंङ’ सन्किने बानीबाट मुत्ति नभएका कारण कान्छी भित्रयाउने पारसको योजनालाई बुहारीको प्रयासबाट मात्र असफल बनाउन सकिने ठहरसहित गत शुक्रबार हिमानी थाइल्याण्ड पठाइएकी आजको जनआस्था साप्ताहिकमा खबर छ । पहिला बैंककमै बसेका पारसले डेढ महिनादेखि ठेगाना बदलेका छन्, चियाङमाइ शहरमा । थाहा छैन, हिमानी पुगेपछि उनी उद्देश्यमा कति सफल भइन् ? श्रोतले जनाएअनुसार, पारस कुनै हालतमा ‘मुड बदल्ने’ पक्षमा छैनन् । पारसले कान्छीका रुपमा भित्राउन खोजेकी युवती ३५ वर्ष उमेर कटेकी छन् । थाइ नागरिक हुन् । गैरसरकारी कार्यालयमा उनको जागिर छ । श्रीमानसँग पारपाचुकेपछि एउटा छोरालाई साथमा राखेकी छन् । उनी पनि पारस बसेको शहरमै बेग्लै अपार्टमेन्ट लिएर बसेकी छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.